सन नेपाल लाइफको रुकुम उप–शाखा उद्घाटन सँगै बीमा जागरण अभियान सुरु

Aug 05, 2018 Merolagani

सन नेपाल लाइफ इन्स्योरेन्सले रुकुम उपशाखाको उद्घाटन गरेको छ । ग्रामिण जनतामा बीमाको जनचेतना अभिवृद्धि गर्ने उदेश्यका साथ कम्पनीले बीमा जागरण अभियान सम्पन्न गरेको जनाएको छ ।

कार्यक्रम कम्पनीका महाप्रबन्धक कमलराज गौतमको अध्यक्षता तथा ब्राण्ड एम्बेसडर एवंं सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) को प्रमुख आतिथ्यता र मुसीकोट नगरपालीका उप–मेयर प्रेम कुमारी परियार, सुरक्षा निकाय प्रमुखको विशेष आतिथ्यतामा सम्पन्न भएको थियो ।

उपस्थित जनसहभागिता बीमा अभिकर्ता, बिमित तथा कम्पनीका शुभेच्छुकहरुको रहेको थियो ।

साथै कम्पनीमा गत २०७४ फाल्गुण १० गते प्रथम बीमा शुल्क रु.२५,३७३।– जम्मा गरी यस कम्पनीमा बीमा गराएकी बिमित गिता नेपालीको असार १३ गते हृदयघातले मृत्यू भएकोेले श्रीमान रमेश नेपालीलाई बिमाङ्क बराबरको रकम तीन लाख रुपैयाँको चेक वितरण गरिएको थियो ।

उप–शाखा उद्घाटनको अवसरमा कम्पनीका महा प्रबन्धक कमलराज गौतम तथा कम्पनीका ब्राण्ड एम्बेसडर एबं प्रमुख अतिथि सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) ले हस्तान्तरण गरेका थिए । 

त्यसैगरी सन नेपाल लाइफ इन्स्योरेन्सले सल्यानमा पनि बीमा जागरण अभियान सम्पन्न गरेको छ । करिब ३०० जनाको उपस्थिति रहेको कार्यक्रमको सम्बोधन कम्पनीका महाप्रबन्धक कमलराज गौतम तथा ब्राण्ड एम्बेस्डर सिताराम कट्टेल (धुर्मस) ले गरेका थिए ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।