प्रोग्रेशिभ फाइनान्सको २८१ प्रतिशत हकप्रद भदौ ५ देखि खुल्ने

Aug 06, 2018 Merolagani

प्रोग्रेशिभ फाइनान्स कम्पनी (PROFL) ले साउन २२ गतेसम्म कायम रहने सेयरधनीलाई भदौ ५ देखि २८१ प्रतिशतको हकप्रद बिक्री गर्ने भएको छ । यसअघि बुकक्लोज तोकेको कम्पनीले सोमबार हकप्रद निष्काशनको मिति निर्धारण गरेको हाे ।

फाइनान्सले एक बराबर २.८१ कित्ताको अनुपातमा ५९ करोड एक लाख रुपैयाँ बराबरको ५९ लाख एक हजार कित्ता हकप्रद निष्काशन गर्नेछ । राष्ट्र बैंकको निर्देशन अनुरुप फाइनान्सलाई ८० करोड चुक्ता पूँजी कायम गर्नुपर्ने भएपछि कम्पनीले भारी मात्रामा हकप्रद जारी गर्न लागेको हो । 

सनराइज क्यापिटलको बिक्री प्रबन्धकत्वमा फाइनान्सले हकप्रद जारी गर्न लागेको हो । कम्पनीको हाल कायम २१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ । हकप्रदपछि ८० करोड रुपैयाँ चुक्ता पूँजी नाघ्नेछ ।

हकप्रदमा धितोपत्र बोर्डबाट आश्वा अनुमति पाएका सम्प्रर्ण बैंक तथा वित्तीय संस्थाको साथै बिक्री प्रबन्धक सनराइज क्यापिटल, प्रोगेशिभका सम्पुर्ण शाखा कार्यालय र सनराइज बैंकको शाखा कार्यालयहरु विराटनगर, वीरगञ्ज,पोखरा, बुटवल, धरान, नारायणगढ, नेपालगञ्ज, दकम राजविराज र लाहानबाट असाेज ८ गतेसम्म आवेदन गर्न सकिने विक्री प्रबन्धकले जनाएको छ ।

फाइनान्सको गत जेठ २ गते सम्पन्न विशेष साधारणसभाले २८१ प्रतिशत हकप्रद सेयर बिक्री गर्ने प्रस्ताव पारित गरेको थियो ।

अाइतबार कम्पनीको सेयर दोस्रो बजारमा प्रतिकित्ता १०८ रुपैयाँमा कारोबार भएको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म प्रोग्रेसिभले ३५ लाख ४७ हजार रुपैयाँ मात्र नाफा कमाएको छ । यसको प्रतिसेयर आम्दानी एक रुपैयाँ ६९ पैसा र प्रतिसेयर नेटवर्थ १०५ रुपैयाँ ७० पैसा छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।