ब्याज खर्चको भार बढेपछि सूर्योदय लघुवित्तको खुद नाफा घट्यो

Aug 06, 2018 Merolagani

अघिल्लो आर्थिक बर्षको तुलनाा गत आर्थिक वर्षको चौथौं त्रैमासमा सूर्योदय लघुवित्त (SLBS) को खुद नाफामा गिरावट आएको छ । अघिल्लो वर्षको यहि अवधिमा २ करोड ३७ लाख रुपैयाँ खुद नाफा गरेको लघुवित्तको ४३ लाख रुपैयाँले घटेर १ करोड ९३ लाखमा खुम्चिएको हो ।

लघुवित्तले चुक्ता पूँजी ४ करोडवाट ७ करोड ५६ लाख रुपैयाँ पुर्याएको छ । यस्तै जगेडा कोषमा पनि दोब्बरले बृद्धि गरेको छ । अघिल्लो वर्ष ४ करोड १० लाख रुपैयाँ सञ्चित जगेडा कोषमा यस अवधिमा ८ करोड ३१ लाख रुपैयाँ संञ्चित गरेको छ ।

यस अवधिमा लघुवित्तले ३९ करोड ९० लाख रुपैयाँ निक्षेप संकलन गरेर ८७ करोड ८ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको निक्षेप संकलन १४ करोड ७८ लाख र कर्जा प्रवाह २३ करोड ८२ लाख रुपैयाँले बढेको छ ।

यस अवधिमा कम्पनीले १३ करोड ९९ लाख व्याज आम्दानी तथा ७ करोड ६१ लाख रुपैयाँ व्याज खर्च गरेको छ । लघुवित्तको खुद ब्याज आम्दानी घटेको छ । त्यस्तै संचालन मुनाफा समेत अघिल्लो बर्षको भन्दा कम छ । कर्मचारी खर्च, अन्य खर्च र जोखिम व्यवस्थापन खर्च बढ्दा लघुवित्तको नाफामा कमी आएको हो ।

लघुवित्तको निष्कृय कर्जा अनुपात १.१४ प्रतिशत रहेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी २५.५८ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १२०.०५ रुपैयाँ रहेको छ ।

 

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।