बीमा कम्पनीका शेयर: बजार घटेपनि साख घटेन

Aug 06, 2018 RSS

धितोपत्र बजारमा केही कम्पनीका शेयर आधारभूत मूल्यको आसपासमा रहँदा जीवन बीमा कम्पनी र निर्जीवन बीमा कम्पनीका शेयर घटेपनि बजारको शाख राखिरहेको छ । नेपाल स्टक एक्सचेञ्जमा सात वटा जीवन बीमा र १५ वटा निर्जीवन बीमा कम्पनी सूचीकृत रहेका छन् । 

ती कम्पनीका शेयर अघिल्लो वर्षको तुलनामा ठूलो मात्रामा घटे पनि जलविद्युत्, बैंक तथा वित्तीय संस्थाको तुलनामा भने कमै रहेको छ ।

निर्जीवन बीमा र जीवन बीमा कम्पनीमा लगानी गर्ने लगानीकर्ताले विगतको तुलनामा केही घाटा व्योहोरेका छन् । अरु कम्पनीका तुलनामा भने उनीहरुको लगानी हालसम्म कम जोखिममा नै रहेको देखिन्छ ।

दोस्रो बजारमा शेयर खरिद गर्नेले केही घाटा व्योहोरेको भए पनि साधारण शेयर खरिद गर्नेलाई भने बीमाको शेयरले केही फरक परेको छैन । नेपालमा बीमाको अझै ठूलो बजार रहेको र आम नागरिक सहभागी भइ नसकेकाले लगानीको अवसर बढी छ ।

स्टकका अनुसार जीवन बीमा गर्दै आएका एशियन लाइफ इस्योरेन्स कम्पनीको शेयर साउन २१ गते साेमबार प्रतिकित्ता ६३० रुपैयाँमा कारोबार भइरहेको छ । सो कम्पनीको शेयर गत वर्षको तुलनामा ९९८ रुपैयाँले घटेको छ । गत वर्ष सो कम्पनीको शेयर एक हजार ६२८ रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै जीवन बीमा गर्दै आएको गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता ८३६ रुपैयाँमा कारोबार भइरहेको छ । यो कम्पनीको पनि गत वर्षको तुलनामा ठूलो कमी आएको हो । गत वर्ष एक हजार १६९ रुपैयाँमा कारोबार भएको शेयर आइतबार भने प्रतिकित्ता ३३३ रुपैयाँले घटेर ८३६ रुपैयाँ कायम भएको छ ।

यस्तै लाइफ इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता एक हजार ६०० मा कारोबार भइरहेको छ । गत वर्षको साउनमा सो कम्पनीको शेयर प्रतिकित्ता दुई हजार ४१६ रुपैयाँमा खरिद बिक्री भएको थियो । यस्तै नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता ७६० रुपैयाँमा कारोबार भइरहेको छ । गत वर्ष साउनमा सो कम्पनीको शेयर दुई हजार ४० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

स्टकका अनुसार नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता एक हजार पाँच रुपैयाँमा खरिद बिक्री भइरहेको छ । गत वर्ष सो कम्पनीको शेयर प्रतिकित्ता दुई हजार २३६ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

प्राइम लाइफ इन्स्योरेन्स कम्पनीको शेयर भने केही कमजोर रहेको छ । सो कम्पनीको शेयर ५१७ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । गत वर्ष सो कम्पनीको शेयर प्रतिकित्ता दुई हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।

सूर्य लाइफ इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता ५५० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सो कम्पनीको गत वर्ष एक हजार १७० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विवेक झा विगतको तुलनामा बीमा क्षेत्रको शेयरमा कमी आए पनि लगानीकर्ताको विश्वास भने कायमै रहेको बताउँछन् ।

उनले भने “बीमा क्षेत्रमा लगानीको अझै ठूलो अवसर छ । धेरै ठाउँमा बीमा पुग्न सकेको छैन । गत वर्षको तुलनामा बीमा कम्पनीका शेयर केही घटे पनि लगानीकर्ताको विश्वास भने उस्तै रहेको छ ।” बीमा क्षेत्रलाई अझै व्यवस्थित गर्नसके लगानीका थप अवसर सिर्जना हुने उनको भनाइ छ ।

निर्जीवन बीमातर्फ हिमालयन जनरल इस्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता ४२७ रुपैयाँमा कारोबार भएको छ । गत वर्ष सो कम्पनीको शेयर ८२० रुपैयाँमा खरिद बिक्री भएको थियो । आइएमर्इ जनरल इन्स्योरेन्स कम्पनीको शेयर प्रतिकित्ता ८१९ रुपैयाँमा खरिद बिक्रीमा छ । गत वर्ष साउनमा सो कम्पनीको शेयर एक हजार २६० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

लुम्बिनी जनरल इस्योरेन्सको शेयर ५१४ रुपैयाँमा कारोबार भएको छ । गत वर्ष सो कम्पनीको शेयर प्रतिकित्ता एक हजार १० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

यस्तै नेको इन्स्योरेन्सको प्रतिकित्ता ५२० रुपैयाँ, एनएलजीको ८४५ रुपैयाँ, प्रभु इन्स्योरेन्सको ४९७ रुपैयाँ, प्रिमियर इन्स्योरेन्सको एक हजार ३७ रुपैयाँ र प्रुडेन्सियल इन्स्योरेन्सको ७३३ रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै राष्ट्रिय बीमा कम्पनीको शेयर प्रतिकित्ता १० हजार ३५६ मूल्यमा खरिद बिक्री भइरहेको छ । गत वर्ष सो कम्पनीको शेयर १७ हजार ८०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

सगरमाथा इन्स्योरेन्स कम्पनीको शेयर एक हजार ३२५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । गत वर्ष एक हजार ७६० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

शिखर इन्स्योरेन्स कम्पनीको शेयर ९१५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । सिद्धार्थ इन्स्योरेन्सको ६६० रुपैयाँ र युनाइटेड इन्स्योरेन्सको शेयर प्रतिकित्ता ८७१ रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।