एनआईसी एशिया बैंकको क्यू आर कोड मार्फत भुक्तानी सेवा सुरु

Aug 06, 2018 Merolagani

एनआईसी एशिया बैंक(NICA) ले साउन २० गतेदेखि क्यू आर कोड मार्फत भुक्तानी सेवा (QR Code Payment) सुरुवात गरेको छ । शहरी तथा ग्रामीण जिल्लाहरुमा आफ्नो सशक्त उपस्थितिलाई स्थापित गर्न थालेको बैंकले विद्युतीय प्रविधि प्रयोग गरी बिभिन्न डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ ।

क्यू आर कोड मार्फत भुक्तानी सेवा बैंकको मोबाइल बैंकिङ्ग (MoBank App) प्रयोगकर्ताहरुले प्रयोग गरि उपभोग गर्न सक्नुहुनेछ । क्यू आर कोड मार्फत भुक्तानी गर्नको लागि मर्चेन्टले एमओ बैंक मर्चेन्ट एपबाट रिक्वेस्ट पेमेन्ट विकल्प प्रयोग गरि क्यू आर कोड जेनेरेट गर्ने र ग्राहकले आफ्नो एमओ बैंक (MoBank) प्रयोग गरि सोहि क्यू आर कोडमा एमओ पे (MOPay) विकल्प प्रयोग गरि स्क्यान गरेर भुक्तानी गर्न सक्नेछन् । 

यसैगरि मर्चेन्टले भुक्तानी काउण्टरमा क्यू आर कोड भएको स्टिकर पनि राख्न सक्नेछन् । जसलाई ग्राहकले एमओ पे विकल्प प्रयोग गरि स्क्यान गरेर भुक्तानी गर्न सकिन्छ ।

एनआईसी एशिया बैंक यो सेवा नेपालमा सुरु गर्ने पहिलो बैंक भएको जनाइएको छ । यस सेवाबाट व्यवसायी तथा ग्राहक महानुभावहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ । यो सेवा प्रयोग गर्नको लागि ग्राहकसँग स्मार्टफोन उपलब्ध हुनुपर्ने र उक्त स्मार्टफोन प्रयोग गरि ग्राहकले सजिलै भुक्तानी गर्न सक्नुहुनेछ ।

बैंकको मोबाइल बैंकिङ्ग (MOBank) सेवा गुगलप्ले/एप स्टोर अथवा बैंकको वेबसाइटबाट सजिलै डाउनलोड गर्न सकिन्छ । बैंकले आगामी दिनहरुमा यस्तै खालको विभिन्न सेवाहरु ल्याउने योजना राखेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।