चैतसम्म कम्पनीले ३९ करोड ६ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । असार मसान्तसम्ममा कम्पनीले ५० लाख २७ हजार रुपैयाँ बराबरको मात्रै खुद दाबी भुक्तानी गरेको छ ।
कम्पनीको खुद नाफा भने ९ करोड ३५ लाख रुपैयाँ रहेको छ । गत चैतसम्म ९ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाए पनि कर्मचारी बोनस, व्यवस्थापन खर्च र आयकर तिर्दा कम्पनीको खुद नाफा चैतभन्दा ५२ लाखले घटेको छ ।
जीवन बीमा कम्पनीहरुले प्रकाशित गर्ने खुद नाफा बीमङ्कीय मुल्यांकन बाहेकको हिसाब हुने भएकाले कम्पनीको वास्तविक नाफा भन्दा अहिलेको नाफामा फरक पर्नसक्छ ।
एक अर्ब ५० करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा ९ करोड ६७ लाख रुपैयाँ, जीवन बीमा कोषमा ३५ करोड ४६ लाख रुपैयाँ र महाविपत्ती जगेडामा ९३ लाख रुपैयाँ सञ्चित गरेको छ ।
यस अवधिमा कम्पनीले ६९ हजार ५९० बिमितबाट ८६ करोड ५० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । यो गत चैतको भन्दा ३७ करोड ८१ लाख रुपैयाँ अर्थात ७७.६८ प्रतिशतले बढी हो । तेस्रो त्रैमासमा कम्पनीले ४४ हजार ३६५ बिमितबाट ४८ करोड ६८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको थियो ।
कुल ९ वटा दाबी बापत ९८ लाखको दाबी परेकोमा कम्पनीले चौथो त्रैमासमा ५ वटा दाबीको ५३ लाख भुक्तानी गरेको जनाएको छ ।
कम्पनीले ६४ करोड ५० रुपैयाँ बराबरको साधारण सेयर जारी गर्न अघिल्लो बर्षको साधारण सभाबाट स्वीकृत गराईसकेको छ । अाइपिअाेकाे बिक्री प्रबन्धकमा नेपाल एसबिअार्इ मर्चेन्ट बैंकिङ चयन गरिएकाे छ ।