फर्स्ट माइक्रोफाइनान्स बन्यो गत आर्थिक बर्षको लाभांश घोषणा गर्ने पहिलो कम्पनी

Aug 07, 2018 Merolagani

फर्स्ट माइक्रोफाइनान्स (FMDBL) आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट सेयरधनीलाई लाभांश घोषणा गर्ने पहिलो कम्पनी बनेको छ । कम्पनीको साउन २१ गते सोमबार सम्पन्न सञ्चालक समति बैंठकले  लाभांश घोषणा गरेको हो ।

माइक्रोफाइनान्सको १४० औं बैठकले अगामी बार्षिक साधारण सभाबाठ स्वीकृत गर्नेगरि चुक्ता पूँजी ६८ करोड ४३ लाख ९३ हजार ८०० रुपैयाँको १२.६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो ।

यसअनुसार कम्पनीले आठ करोड ६४ लाख ४९ हजार ७४३ रुपैयाँ नगद लाभांश राष्ट्र बैंकको स्वीकृती पश्चात अगामी साधारण सभाबाट पारित गरेर सेयरधनीलाई वितरण गर्नेछ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।