स्वावलम्बन लघुवित्तको खुद नाफा ८ करोडले बढ्यो

Aug 07, 2018 Merolagani

स्वावलम्बन लघुवित्त (SWBBL) ले अघिल्लो आर्थिक बर्षको तुलनामा गत बर्ष खुद नाफा ८ करोड २३ लाख रूपैयाँले बढाएको छ । अघिल्लो आर्थिक बर्षमा २६ करोड ४१ लाख खुद नाफा आर्जन गरेको लघुवित्तले गत आर्थिक वर्षको चौथौं त्रैमासमा ३४ करोड ६४ लाख रूपैयाँ खुद नाफा गरेको हो ।

५० करोड ३१ लाख चुक्ता पूँजी रहेको यस लघुवित्तको जगेडा कोषमा ९२ करोड ५९ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीले ३४ करोड ६४ लाख रूपैयाँले जगेडा कोष बढाएको छ ।

लघुवित्तले अघिल्लो आर्थिक वर्षको तुलनामा निक्षेप संकलन १ अर्ब ५३ करोडले वृद्धि गरेको छ । अघिल्लो आर्थिक वर्षको यस अवधिमा ४ अर्ब २३ करोड रुपैयाँ निक्षेप संकलन गरेको लघुवित्तले गत आर्थिक वर्षको चौथौं त्रैमासमा ५ अर्ब ७६ करोड रुपैयाँ पुर्याएको हो ।

कम्पनीले कर्जा विस्तारतर्फ ८ अर्ब ६ करोडबाट बढाएर १० अर्ब १५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।

निक्षेप लागत ७.७८ प्रतिशतमा बढेपछि अघिल्लो आर्थिक वर्ष ९४ करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तको खुद ब्याज आम्दानी घटेर ८६ करोड ६७ लाख रुपैयाँमा संकुचन हुन आएको छ । एक अर्ब ६५ करोड ब्याज आम्दानी गरेको कम्पनीले ७८ करोड ९८ लाख खर्च गरेको हो ।

लघुवित्तको खराब कर्जा ०.७२ प्रतिशतबाट १.०२ प्रतिशतमा बढेपछि कर्जा नोक्सानी व्यवस्था दुई करोड २९ लाखबाट पाँच करोड पाँच लाख पुगेको छ । यद्यपी लघुवित्तले अन्य सञ्चालन आम्दानी १९ करोडले बढाएपछि सञ्चालन नाफा १२ करोड २२ लाख बढाएर ५४ करोड ८ लाख आर्जन गरेको छ ।

नाफा बढेसँगै लघुवित्तको प्रतिसेयर आम्दानी ५२ रुपैयाँ ५३ पैसाबाट ६८ रुपैयाँ ८६ पैसा पुगेको छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ २८४.०५ रुपैयाँ, र मुल्य आम्दानी अनुपात १८.०१ गुणाा रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।