भारी हकप्रद पूँजीकरण गरेर अघिल्लाे वर्षकै पूँजीमा इपिएस गणना !

Aug 07, 2018 Merolagani

लगानीकर्तालार्इ सूचीकृत कम्पनीले कसरी छक्याउँछन् भन्ने उदाहरण कर्णाली डेभलपमेण्ट बैंक (KRBL) ले प्रस्तुत गरेकाे छ । बैंकले मंगलबार सार्वजानिक गरेको वित्तीय विवरणमा २२५% हकप्रद पूँजीकरण गरेर अघिल्लाे बर्ष कै (१५ करोड १० लाख) चुक्ता पूँजीमा प्रतिसेयर आम्दानी गणना गरेर ६ रुपैयाँ ७६ पैसा देखाएको छ । 

अघिल्लाे बर्षकाे भन्दा नाफा घटेपछि बैंकले चलाखी गरेर प्रतिसेयर अाम्दानी ४ रूपैयाँ ७३ पैसा बढी देखाएकाे छ । तर बैंकले सार्वजनिक गरेकाे वित्तीय विवरण अनुसार बैंकको वास्तविक इपिएस भने दुई रुपैयाँ तीन पैसा हुन अाउँछ ।

राष्ट्र बैंकले तोकेको चुक्ता पूँजी कायम गर्न बैंकले गत माघ ११ देखि चैत १ गतेसम्म २२५ प्रतिशत हकप्रद बिक्री गरेको थियाे ।  तर आफ्नो खुद नाफा अधिल्लाे बर्षभन्दा २९ लाख रुपैयाँले खुद नाफा घटेपछि बैंकले बठ्याँइ पूर्वक पूरानो पूँजी मै इपिएस गणना गरेर लगानीकर्तामा भ्रम सिर्जना गर्न खाेजेकाे छ । 

हकप्रद बिक्रीको पूँजी लगानी गरेर आम्दानी गर्न छाडेर बैंक पैसा थुपारेर बसेको देखिन्छ । बैंकको निक्षेप संकलन र कर्जा लगानीमा देखिएको सुस्त वृद्धि र कर्जा निक्षेप अनुपात ४८.७१ प्रतिशत रहनुले त्यसलाई पुष्टि गर्दछ । व्यवसाय वृद्धिमा बैंक व्यवस्थापन असफल देखिएको छ । जसले बैंककाे प्रगति पछाडि फर्किएकाे छ ।

अघिल्लो आर्थिक वर्षमा एक करोड ३१ लाख गरेको बैंकको खुद नाफा १ करोड २ लाख रुपैयाँमा सीमित भएको छ । अघिल्लो आर्थिक वर्षमा ४ करोड ५० लाख रुपैयाँ जगेडा कोष पनि तीन करोड ९६ लाखमा घटेको छ ।

बैंकले चुक्ता पूँजी १५ करोड १० लाख रुपैयाँबाट ५० करोड २८ लाख रुपैयाँ पुर्याएको छ । यस अवधिमा बैंकले २ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब १७ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

बैंककाे खुद व्याज आम्दानीमा सामान्य सुधार छ । अघिल्लो आर्थिक वर्षमा ७ करोड ९ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेकोमा यस अवधिमा ७ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको हो ।

निष्कृय कर्जा अनुपात २.२७ प्रतिशतबाट ३.३६ प्रतिशतमा बढ्दा २४ लाखको नोक्सानी व्यवस्था ७२ लाखमा पुगेको छ । कर्मचारी खर्च र अन्य खर्चले बैंकको सञ्चालन नाफा २२ प्रतिशतले घटेर एक करोड ६० लाखमा झरेको छ । अघिल्लो बर्ष बैंकले दुर्इ अर्ब ६ करोड सञ्चालन नाफा कमाएको थियो ।

बैंकको निक्षेप लागत ७.३५ प्रतितश, र प्रति शेयर नेटवर्थ १०७.८८ रुपैयाँ रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।