स्थिर बजार, कारोबार रकममा सामान्य सुधार

Aug 07, 2018 Merolagani

मंगलबार बजार खुले देखि नै सकारात्मक रहेको नेप्से अन्तत झिनो अंकले घटेर बन्द भएको छ । मंगलबार नेप्से परिसूचक १.४६ अंकले घटेर ११८८.२१ अंकमा बन्द भएको हो । यसदिन १५७ कम्पनीको ९ लाख ९ हजार ३४१ कित्ता शेयर २१ करोड ३७ लाख रुपैयाँ बराबरमा किनबेच भयो ।


कारोबारमा आएका एघार उप समूहमध्ये ७ समुहको सूचक घटेको छ भने ४ समूहको बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक ३९.८३ अंकले घट्यो । वाणिज्य बैंक, विकास बैंक, जलविद्युत, फाइनान्स, उत्पादन तथा प्रशोधन र माइक्रोफाइनान्स समूहका सूचक नकारात्मक रहेको बजारमा होटल, निर्जीवन बीमा र अन्य समूहको सूचक भने सकारात्मक रहे ।

मंगलबार प्रोगेशिभ फाइनान्सको संस्थापक शेयरको उच्च कारोबार भएको छ । फाइनान्सको तीन करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आजै १२.६३ प्रतिशत नगद लाभांस घोषण गरेको फस्र्ट माइक्रोफाइनान्स र छिमेक लघुवित्तको कारोबार रकम करोड नाघेको छ । अन्य कुनै पनि कम्पनीको करोड बढीको कारोबार हुन सकेन ।

यसदिन सर्पाेट माइक्रोफाइनान्सको शेयर मुल्य ९.९३ प्रतिशतले बढ्यो । प्रोगेशिभ फाइनान्सको ९.४० प्रतिशत बढेको छ । भार्गव विकास बैंकको ८.४० प्रतिशतले शेयर मुल्य बृद्धि भएको छ भने आराम्भ, युनाइटेढ इन्स्योरेन्स र किसान माइक्रोफाइनान्सको ३ प्रतिशत भन्दा बढिले बृद्धि भएको छ ।

सबैभन्दा धेरै फस्र्ट माइक्रो फाइनान्सका लगानीकर्ताले ९.५१ प्रतिशतले गुमाए । श्री इन्भेष्टमेन्ट, सिनर्जी पावर, नेरुडे लघुवित्त, महिला सहयात्री माइक्रोफाइनान्स लगायतका लगानीकर्ता धेरै गुमाउनेमा परे ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।