सम्झौता अनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरुबाट लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) को पोलिसी बिक्री गरिनेछ ।
सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेश राज अर्याल र लाईफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) का तर्फबाट प्रमुख कार्यकारी अधिकृत अभिजित घोष दस्तिदारले संयुक्त रुपमा हस्ताक्षर गरे ।