सन लाईफद्धारा ९ महिनामा २९ करोड ६९ लाख प्रिमियम संकलन

Aug 07, 2018 Merolagani

सन नेपाल लाईफ कम्पनीले कारोवार शुरु गरेको ९ महिना अवधिमा २९ करोड ६९ लाख ७५ हजार ६६५ रुपैयाँ प्रिमियम संकलन गरेको छ । २०७४ असोज ६ गतेदेखि कारोबार थालेको कम्पनीले २०७५ असार मसान्तसम्म वैदेशिक रोजगार बीमा बाहेक विभिन्न ११ प्रकारका बीमा योजनाहरु मार्फत सो शुल्क आर्जन गरेको हो ।

सन लाइफ नेपालले यस अवधिमा ९ हजार ८२१ पोलिसी बिक्री गरेको छ । कम्पनीले यस अवधिमा जीवन बीमा कोषमा १० करोड ९२ लाख १३ हजार ९८७ रुपैयाँ र महाविपत्ति कोषमा १२ करोड ९८ लाख ८९ हजार ४७७ आर्जन गरेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चुक्ता पूँजी २ अर्ब पुर्याउन ६० करोड रुपैयाँको सर्वसाधारण सेयर निष्काशन गर्ने प्रकृयामा रहेको छ । कम्पनीले नेपाल एसबिआई मर्चेन्ट बैकिङ्गलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

आइपिओपछि कम्पनीको चुक्ता पूँजी दुई अर्ब रुपैयाँ कायम हुनेछ भने संस्थापकको शेयर स्वामित्व ७० प्रतिशत तथा सर्वसाधारणको ३० प्रतिशत कायम हुनेछ ।

२० वटा शाखा र ३५ वटा उप शाखा मार्फत बीमा सेवा प्रदान गर्दे आएको कम्पनीले आगामी असोजसम्म ८६ उपशाखा संचालनमा ल्याउने लक्ष्य लिएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।