महालक्ष्मी विकास बैँकको शाखा स्थानान्तरण

Aug 07, 2018 Merolagani

महालक्ष्मी विकास बैंकले मिति २०७५ श्रावण २१ गते देखि गैडहवा गाउँपालिका–६ स्थित सूर्यपुरामा आफ्नो सेवा सञ्चालनमा ल्याएकोे छ । उक्त शाखा रुपन्देही जिल्लाको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नं ६ बाट स्थानान्तरण भई सूर्यपुरामा सञ्चालनमा आएको हो । 

बैँकको यस शाखाले स्थानीय स्तरमा उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता बैँकले जनाएको छ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंकको ग्राहक संख्या ४ लाख ६० हजार भन्दा बढि रहेको छ ।

बैंकले असार, २०७५ सम्म रु. २७ अर्ब २७ करोड निक्षेप संकलन गरी रु. २१ अर्ब ६५ करोड कर्जा प्रवाह गरेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।