सूर्या लाईफ इन्स्योरेन्सले कसलाई बनायो शेयर रजिष्ट्रार ?

Aug 08, 2018 Merolagani

सूर्या लाईफ इन्स्योरेन्स कम्पनी (SLICL) को सञ्चालक समिति बैठकले एनआईसी एशिया क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको छ।यसअघि नबिल इन्भेष्ट बैंकिङ्ग सूर्या लाईफ इन्स्योरेन्सको शेयर रजिष्ट्रार रहेको थियो। कम्पनीले साउन २३ गते बुधबारदेखि लागू हुने गरि एनआईसी एशिया क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरिएको जनाएको छ ।

यस अनुसार धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्न, दाखिला खारेज, नामसारी, शेयरको रोक्का/ फुकुवा गर्ने लगायतको शेयरधनीहरुको लगत अद्यावधिक गरी राख्ने सम्पुर्ण कार्य एनआईसी एशिया क्यापिटल बबरमहल मार्फत हुनेछ ।

सेयरधनीले कम्पनीको सेयर सम्बन्धि सम्पूर्ण कार्यका लागि अब एनआईसी एशिया क्यापिटल बबरमहलमा जानुपर्नेछ ।

सूर्या लाइफले गत बैशाख ३१ देखि असार ३ गतेसम्म हकप्रद निष्काशन गरेको थियो । सो हकप्रद शेयर सबै बिक्री नभएपछि साउन १६ देखि २३ गतेसम्म बिक्री गर्देछ ।

कम्पनीले संस्थापक समूहतर्फको ३ हजार २८९ र सर्वसाधारण समूहतर्फको ७१ हजार ९५ कित्ता गरि कूल ७४ हजार ३८४ कित्ता शेयर लिलामीमा ल्याएको छ ।

 

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।