सूर्या लाइफको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

Aug 08, 2018 Merolagani

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी(SLICL) ले लिलाममा ल्याएको शेयरमा आवेदन दिने बुधवार (साउन २३) अन्तिम दिन रहेको छ । कम्पनीले साउन १६ गतेदेखि हकप्रदमा नबिकेको संस्थापक समूह तर्फको ३ हजार २ सय ८९ कित्ता र सर्वसाधारण समूहतर्फको ७१ हजार ९५ कित्ता गरी कुल ७४ हजार ३८४ कित्ता शेयर लिलामीमा राखेको हो ।

लिलामी शेयरको न्यूनतम मूल्य एक सय रुपैयाँ तोकिएको  छ । ईच्छुक लगानीकर्ताले न्यूनतम एक सय रुपैयाँ वा सो भन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नपर्ने हुन्छ ।

संस्थापक तर्फको शेयर खरिदका लागि न्यूनतम १ सय कित्तादेखि ३ हजार २ सय ८९ कित्ता र सर्वसाधारणको लागि २० हजार कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था रहेको विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटलले जनाएको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल बबरमहल काठमाडौं तथा सूर्या लाइफको वीरगञ्ज, नेपालगञ्ज, बुटवल, पोखरा, धनगढी, महेन्द्रनगर र इटहरी शाखाबाट आवेदन दिन सक्नेछन् ।

कम्पनीले गत बैशाख ३१ देखि असार ३ गतेसम्म हकप्रद शेयर बिक्री गरेको थियो ।

मंगलबार सूर्या लाइफको प्रतिकित्ता शेयर ५ सय ४७ रुपैयाँमा कारोबार भएर बजार बन्द भएको थियो ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।