शेयर कारोबारमा मन्दीको संकेत, मुस्किलले १५ करोडको कारोबार

Aug 08, 2018 Merolagani

शेयर बजार निरन्तर ओरालो लागेर कतिपय कम्पनीको शेयर मूल्य आईपिओकै भाउमा आउँदा समेत शेयर कारोबार न्यून भएको छ । कम्पनीहरुको शेयर मूल्य सस्तिए पनि बजारप्रति लगानीकर्ता अझै विश्वस्थ हुन नसक्दा मन्दीको अवस्थामा पुगेको हो ।

साताको पहिलो दिनदेखि अस्थिर रहेको बजार के होला भन्ने दुविधा लगानीकर्तामा देखिएको छ । सस्तो मूल्यमा शेयर पाउँदा खरिद गर्नेहरुले आँट गरेर ठूलो मात्रामा शेयर उठाउन सकेका छैनन् भने बिक्री गर्नेहरु पनि समालिन थालेका छन् ।

जसले गर्दा बजारमा क्रेता र बिक्रेताबीच शेयर खरिद बिक्रीका लागि एक रुपैयाँका लागि पनि ब्रागेनिङ्ग हुने गरेको छ । मार्केट डेप्थमा हेर्दा अधिकांश कम्पनीका शेयरधनीले एक दुई रुपैयाँ तल माथि गरेर खरिद तथा बिक्री अडर राख्ने गरेको पाईएको छ । लगानीकर्ताले अब बजार कता जाँदैछ भनेर अनुमान लगाउन नसकेकाले कारोबारमा सुस्तता देखिएको हो ।

अघिल्ला बर्षहरुमा कम्पनीहरुले दिने लाभांश सहज रुपमा पूर्वाअनुमान गर्ने अवस्था थियो तर अहिले कुन कम्पनीले के कस्तो लाभांश देला भन्ने पूर्वाअनुमान गर्न कठिन रहेकाले पनि लगानीकर्ता शेयर खरिद बिक्रीमा सक्रिय हुन नसकेका हुन् । बैंक ब्याजदर घट्ने आशमा रहेका लगानीकर्ताा समेत निराश हुन पुगेका छन् । बैंकहरुले ब्याजदर घटाउने संकेत समेत गरेका छैनन् ।

आज बुधबार कुनै पनि कम्पनीले करोड रुपैयाँ कारोबार गर्न सकेनन् ।

फस्ट माइक्रो फाइनान्सको ८४ लाख ८४ हजार रुपैयाँ बराबरको कारोबार भएर उच्च कारोबार हुने शिर्ष सूचीमा रहँदा कुनै पनि कम्पनीको करोड बढीको कारोबार हुन नसकेको हो ।

बजार खुले पछि १२ बजे आसपासमा सामान्य सकारात्मक देखिएको नेप्से अन्तत झिनो अंकले घटेर बन्द भएको हो । बुधबार नेप्से परिसूचक ०.८९ अंकले घटेर ११८७.३२ अंकमा बन्द भएको छ । यसदिन १६२ कम्पनीको ४ लाख ७४ हजार ८६१ कित्ता शेयर १४ करोड ९१ लाख रुपैयाँ बराबरमा किनबेच भयो ।

कारोबारमा आएका एघार उप-समूहमध्ये ८ समुहको सूचक घटेको छ भने ३ समूहको बढेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक २२.३६ अंकले घट्यो । होटल समुहको भने ३७.४६ अंकले बढेको छ । वाणिन्य बैंक, विकास बैंक, फाइनान्स, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र जीवन बीमा समूहका सूचक नकारात्मक रहेको बजारमा होटल, हाइड्रोपावर र अन्य समूहको सूचक भने सकारात्मक रहे ।

एभरेष्ट बैंकको ५० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै एनएमबी बैंक, नेपाल लाइफ इन्स्योरेन्सको ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसदिन सर्पाेट माइक्रोफाइनान्सको शेयर मुल्य ९.९२ प्रतिशतले बढ्यो । सिर्जना फाइनान्स, ओम डेभलपमेन्ट बैंक, सोल्टि होटलको ३ प्रतिशत भन्दा बढिले बृद्धि भएको छ ।

सबैभन्दा धेरै नयाँ नेपाल लघुवित्तका लगानीकर्ताले ५.३२ प्रतिशतले गुमाए । यस्तै विजया लघुवित्तका लगानीकर्ताहरुले ५.२९ प्रतिशतले गुमाएका छन् । पुर्णिमा विकास बैंक, प्रोग्रेसिभ फाइनान्स, हिमालयन पावर पार्टनर, युनाइटेड इन्स्योरेन्सका लगानीकर्ताले समेत गुमाउनेमा परे ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।