बैंक अफ काठमाण्डूको परिमार्जित बिओके स्मार्ट सुविधा

Aug 08, 2018 Merolagani

बैंक अफ काठमाण्डू (BOKL) ले आफ्ना ग्राहकवर्गहरुलाई अत्याधुनिक प्रवधियुक्त सेवा प्रदान गर्ने उद्दश्यले आफ्नो बैकिङ्ग सेवा बिओके स्मार्टलाई परिमार्जित गरि थप सुविधा प्रदान गर्ने भएको छ ।

परिमार्जित गरिएको मोबाइल बंैकिङ सेवाद्वारा ग्राहकवर्गहरुले आफ्नो औठाछापद्वारा सजिलै लगइन एवं कारोवार गर्न मिल्ने सुरक्षा प्रणाली अपनाइएको छ ।

यसका साथै ग्राहकहरुले क्यूआर (QR) कोड मार्फत सजिलै रकमान्तर गर्न सकिने, फोन पेको नेटवर्कमा रहेको विभिन्न मर्चेन्टहरुलाई रकम भुक्तानी गर्न सकिने अकाउन्ट ड्यासबोर्ड मार्फत महिनाभरिको मौज्दातको विवरण हेर्न सकिने सुविधा उपभोग गर्न सक्नेछन् ।

बिओके स्मार्टको नयाँ संस्करणद्वारा ग्राहकहरुले बैंकको शाखा, एटिएम तथा अन्य सेवाहरुको जानकारी लिन सक्नेछन् । ग्राहकहरुले गुगल प्ले स्टोरमा उपलब्ध बिओके स्मार्टको नयाँ संस्करणलाई अधावधिक गरि यो सेवा उपभोग गर्न सक्छन् ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।