फागुनमा आईपिओ निकालेको आरम्भको कस्तो छ गत बर्षको प्रगति ?

Aug 09, 2018 Merolagani

गत फागुनमा दुई लाख ९४ हजार कित्ता साधारण सेयर (आईपिओ) निष्काशन गरेको आरम्भ माईक्रोफाइनान्स (AMFI) ले खुद नाफामा वृद्धि गरेको छ तर जगेडा कोष भने अझै नोक्सानीमा रहेको वित्तीय विवरण बिहीबार सार्वजनिक गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा ६ लाख १९ हजार खुद नाफा कमाएको आरम्भ माइक्रोफाइनान्सले गत आर्थिक बर्षमा १३ लाख ९१ हजार रुपैयाँले नाफा बृद्धि गरेर २० लाख १० हजार रुपैयाँ खुद नाफा गरेको छ । 

चुक्ता पूँजी ६ करोड रुपैयाँ रहेको यस माइक्रोफाइनान्सको जगेडा कोष ३५ लाख ४६ हजार रुपैयाँ नोक्सानीमा रहेको छ । अघिल्लो वर्षको यस अवधिमा कम्पनी ५५ लाख ५६ हजार जगेडा नोक्सानीमा रहेको थियो । कम्पनीले २० लाखले जगेडा नोक्सानी सुधार गरेको छ ।

यस अवधिमा माइक्रोफाइनान्सले १० करोड ३५ लाख रुपैयाँ निक्षेप संकलन र ३१ करोड १२ लाख सापटीबाट ३५ करोड ७३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । जसले माइक्रोफाइनान्सको खुद ब्याज आम्दानी एक करोडले सुधार गरेको छ ।

अघिल्लो आर्थिक वर्ष एक करोड ५३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा यस अवधिमा २ करोड ६० लाख रुपैयाँ आम्दानी गर्न सफल भएको छ । कम्पनीको सञ्चालन नाफा २२ लाख ११ हजार रहेको छ ।

कम्पनीले २० शाखा मार्फत १२ हजार बढी सदस्यहरुलाई लघुवित्तीय सेवा प्रदान गर्दे आइरहेको छ । भौगोलिक विकटता, र जनघनत्वको कमी रहेको कारण सदस्यहरुको वृद्धि न्यून रहेकोले व्यवसायिक सफलता हासिल गर्न थप प्रयास गर्नुपर्ने कम्पनीले उल्लेख गरेको छ ।

माइक्रोफाइनान्सको निष्कृय कर्जा अनुपात ०.१० बाट २.१० प्रतिशतमा बढेपछि २२ लाख कर्जा नोक्सानी व्यवस्था गरेको छ । लघुवित्तको प्रतिशेयर आम्दानी ३ रुपैयाँ ३५ पैसा रहेको छ ।

मूल्य आम्दानी अनुपात १७३.६९ गुणा रहेको लघुवित्त कम्पनीको प्रति शेयर नेटवर्थ भने जम्मा ९४ रुपैयाँ ०९ पैसा रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।