नाफा बढाउँदा पनि उन्नतिको यसकारण घट्यो प्रतिसेयर आम्दानी

Aug 09, 2018 Merolagani

उन्नति माइक्रोफाइनान्स (UMB) को अघिल्लो आर्थिक बर्षको तुलनामा खुद नाफा ३६ लाख ९ हजार रुपैयाँले वृद्धि भएको वित्तीय विवरण सार्वजनिक गरेको छ । आईपिओ जारीपछि बढेको चुक्ता पूँजीको अनुपातमा नाफा बढ्न नसक्दा लघुवित्तको प्रतिसेयर आम्दानीमा भने ६ रुपैयाँ ६५ पैसा गिरावट आएको हाे ।

अघिल्लो आर्थिक बर्षमा १ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको उन्नति माइक्रोफाइनान्सले गत असार मसान्तसम्म २ करोड ५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । लघुवित्तले २१.३० प्रतिशतले खुद नाफा बढाएको हो ।  

गत पुसमा एक करोड ६५ लाखको साधारण सेयर जारी पश्चात माईक्रोफाइनान्सको चुक्ता पूँजी ५ करोड ५० लाख रुपैयाँ पुगेको छ । 

पूँजी बढे अनुरूप व्यवसाय विस्तार हुन नसक्दा कम्पनीकाे  माईक्रोफाइनान्सको प्रतिशेयर आम्दानी  ४४ रूपैयाँ १ पैसाबाट ३७ रुपैयाँ ३७ पैसामा संकुचन हुन पुगेकाे छ । 

माइक्रोफाइनान्सले जगेडा कोषमा दुई करोड ३ लाख रुपैयाँले सुधार गरेर ३ करोड ५१ लाख रुपैयाँ सञ्चित छ । समीक्षा अवधिमा लघुवित्तले ३३ करोड ३५ लाख रुपैयाँ निक्षेप संकलन र बैंकहरुबाट ८५ करोड २४ लाख सापटी लिएर एक अर्ब १८ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । 

माईक्रोफाइनान्सले ६ करोड ५० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो अघिल्लो बर्षको ष्यसै अवधिको तुलनामा एक करोड ३५ लाख बढी हो ।

माइक्रोफाईनान्सले कर्मचारी खर्चमा ३ करोड ६७ लाख रुपैयाँ र अन्य सञ्चालन खर्च १ करोड ९७ लाख रुपैयाँ खर्च गरेपछि सञ्चालन नाफा ३ करोड १५ लाख रुपैयाँ भएको छ ।

यस अवधिमा माईक्रोफाइनान्सको निष्कृय कर्जा अनुपात बढेर ०.६२ प्रतिशत पुगेको छ । उसकाे प्रतिशेयर नेटवर्थ १६३. रुपैयाँ ९६ पैसा र मूल्य आम्दानी अनुपात ४९.२३ गुणा रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।