नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको यस प्रणाली मार्फत बैंकका ग्राहकहरुले www.connectips.com मा गई आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिङ्क गराई यसमा उपलब्ध हुने सेवाहरु जस्तै अनलाईन भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी लगायतका कारोबार गर्न सक्ने व्यवस्था रहेको क्लियरिङ्ग हाउसले जनाएको छ ।
सबै कारोबारहरु अनलाईन मार्पmत सिधै बैंक खाताबाट हुने हुँदा कारोबार सहज हुने यस प्रणाली मार्फत नेपाल सरकारको कर राजश्व भुक्तानी र रकम ट्रान्सफर गर्न सकिने व्यवस्था रहेको छ । छिटै अन्य सेवाहरु समेत थप गर्न सकिने गरि काम भैरहेको क्लियरिङ्ग हाउसले बताएको छ ।
क्लियरिङ्ग हाउसको कनेक्कट आईपीस इ पेमेन्ट प्रणालीमा हाल सम्म ३२ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी हाल २० वटा बैंक वित्तीय संस्थाहरुबाट उक्त सेवा उपलब्ध गराइरहेको छ ।