एउटा बैंकबाट अर्कोमा पैसा पठाउन सक्नु भएको छैन ? २२ बैंकमा यसरी गर्नुहोस सिधै रकमान्तर

Aug 09, 2018 Merolagani

नेपाल क्लियरिंग हाउसको कनेक्ट आईपिएसमा हाम्रो विकास बैंक पनि आबद्ध भएको छ । बैंक वित्तीय संस्थाहरुलाई कनेक्ट आईपीएसमा आवद्ध गराउँदै लैजाने क्रममा क्लियरिङ्ग हाउसले २० औं संस्थाका रुपमा हाम्रो विकास बैंकलाई समेटेको हो ।

योसँगै प्रणालीमा आबद्ध हुने विकास बैंकको संख्या ९ पुगेको छ भने २२ बैंक तथा वित्तीय संस्था यो प्रणालीमा आबद्ध भएका छन् ।

नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको यस प्रणाली मार्फत बैंकका ग्राहकहरुले कनेक्टआईपिएस डटकम लगइन गरेर आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराउनु पर्ने हुन्छ । त्यस पश्चात वेबमा उपलब्ध हुने सेवाहरु जस्तै अनलाईन भुक्तानी, रकम ट्रान्सफर, बिल भुक्तानी लगायतका कारोबार गर्न सक्ने क्लियरिंग हाउसले जनाएको छ ।

यस्ता सबै कारोबारहरु अनलाईन मार्पmत सिधै बैंक खाताबाट हुने हुदाँ कारोबार सहज र सुरक्षित हुने क्लियरिङ्ग हाउसले बतायो । हाल उक्त प्रणाली मार्फत नेपाल सरकारको कर राजश्व भुक्तानी र रकम ट्रान्सफर गर्न सकिने व्यवस्था छ र छिटै अन्य सेवाहरु समेत थप गर्न काम भैरहेको क्लियरिङ्ग हाउसले जनाएको छ ।

यो प्रणालीमा आबद्ध हुनका लागि ३२ बैंक तथा वित्तीय संस्थाहरुले सम्झौता गरी सकेका छन् । जसमध्ये २२ वटामा सेवा सुचारु भैसकेको हो ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।