लघुवित्तले नाफा घट्नुमा कोषको लागतमा भएको उच्च वृद्धि, संस्थाले प्रदान गर्ने कर्जाको भएको ब्याजदरमा भएको संकुचन र कर्मचारी खर्चमा भएको वृद्धिलाई प्रमुख कारण उल्लेख गरेको छ ।
लघुवित्तले कर्मचारी खर्चमा अघिल्लो बर्षभन्दा ४५ प्रतिशत बढी २६ करोड ८१ लाख रुपैयाँ र अन्य सञ्चालन खर्च १५.६३ प्रतिशतले बढेर ७ करोड २८ लाख रुपैयाँ खर्च गर्दा लघुवित्तको सञ्चालन नाफा ३० करोड ५० लाखमा खुम्चिएको छ । अघिल्लो बर्ष लघुवित्तले ३५ करोड २२ लाख सञ्चालन नाफा कमाएको थियो । सञ्चालन नाफा भने १३.३९ प्रतिशतले घटेको हो ।
७० करोड ३१ लाख रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तले जगेडा कोषमा ५१ करोड ७१ लाख रुपैयाँ सञ्चित छ । लघुवित्तले गत बर्षमा निक्षेप संकलन ४४ प्रतिशतले बढाएर दुई अर्ब ४१ करोड रुपैयाँ संकलन गरेको छ भने कर्जा सापटी रकम समेत ५१ प्रतिशत बढी चार अर्ब ६५ करोड लिएको छ । कर्जा लगानीतर्फ पनि ४२ प्रतिशतले सुधार गरेर सात अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ ।
यसबाट कम्पनीले २९.६१ प्रतिशत (२ करोड ६४ लाख) ले ब्याज आम्दानी बढाएर एक अर्ब १५ करोड ५६ लाख आर्जन गरेको छ । यस अवधिमा लघुवित्तको कोषको लागत बढेर ९.०८ प्रतिशतबाट बढेर १०.६७ पुगेको छ । लागत बढ्दा व्याज खर्च ८५.१५ प्रतिशतले बढेर ब्याज खर्च ५२ करोड ९८ लाख गरेको छ । यसबाट लघुवित्तको खुद ब्याज आम्दानीमा ३.३६ प्रतिशतको झिनो सुधार आएर ६२ करोड ५७ लाख रुपैयाँ आर्जन गरेको देखिन्छ ।
निष्कृय कर्जा अनुपातमा ०.७५ प्रतिशत रहेको लघुत्तिले सम्भावित नोक्सानी व्यवस्थामा १० करोड ७५ लाख रुपैयाँ व्यवस्था गर्दा लघुवित्तले ६ करोड ९४ लाख रुपैयाँ खराब कर्जा असुली गरेको छ ।
अघिल्ला बर्षहरुमा प्रगति उन्मुख वित्तीय विवरण सार्वजनिक गर्दे आएको लघुवित्तको प्रतिसेयर आम्दानी ४३ रुपैयाँ ३८ पैसाबाट ३३ रुपैयाँ ९० पैसामा सीमित भएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १७३ रुपैयाँ ५६ पैसा र मूल्य आम्दानीको अनुपात २२.१२ गुणा बढी रहेको छ ।
डिप्रोक्सको प्रबद्र्धक कम्पनीमा नबिल बैंक, नेपाल बैंक, कृषि विकास बैंक, लुम्बिनी विकास बैंक र गैरसरकारी संस्थाहरु विकास आयोजना सेवा केन्द्र, वातावरण, कृषि नीति अनुसन्धान,प्रसार एवं विकास केन्द्र रहेका छन् ।
बैकिङ्ग क्षेत्रको लामो अनुभव भएका बैंक विज्ञहरुबाट सञ्चालित भएर लघुवित्त कम्पनीमा आफुलाई अब्बल रुपमा स्थापित गर्दे आएको डिप्रोक्स लघुवित जस्ता सकल कम्पनी नै नाफा घटेकाे वित्तीय विवरणले लगानीकर्तामा त्यति राम्रो सन्देश जान सकेको छैन । यसमा कम्पनी व्यवस्थापनले ध्यान दिन परिहार्य छ ।
सञ्चालन खर्चमा आएको वृद्धि तथा लघुवित्तको संख्यामा आएको वृद्धिले सदस्यताको दोहोरोपना र सदस्यता परित्याग जस्ता अन्य कारणले पनि पछिल्लो समय पूराना लघुवित्तहरुले आकर्षक प्रगति गर्न सकेका छैनन् ।