तामाकोशीको आईपिओ काठमाडौंबाट आवेदन गर्ने समय ७ दिन थपियो, मरिहत्ते नगरेकै राम्राे

Aug 10, 2018 Merolagani

माथिल्लो तामाकोशीले आयोजना प्रभावित दोलखाबासीका लागि खुला गरेको साधारण सेयरमा काठमाडौंबाट आवेदन गर्ने समय ७ दिन थप गरिएको छ । यसअघि साउन १६ देखि २५ गते शुक्रबारसम्म आवेदन दिनसक्ने व्यवस्था रहेकोमा भदौ १ गतेसम्म पुर्याइएको हाे।

बिक्री प्रबन्धक नागरिक लगानी कोषले अत्याधिक आवेदकको चाप कायम नै रहेकाले सात दिन समय बढाइएको जनाएको छ । 

राजधानीमा ११ संकलन केन्द्रबाट मात्र आवेदन संकलन गरिएकाले राजधानीमा बसोबास गर्दे आएका दोलखाबासीले आवेदन बुझाउन निकै सास्ती खेप्दै आएका थिए । आईपिओ फारम बुझाउन पुरै दिन लाग्ने गरेको थियो । दोलखा जिल्लाबाट भने साउन १६ गतेदेखि भदौ १४ गतेसम्म आवेदन दिन पाउने व्यवस्था छ ।

पुरानै तरिकाबाट आयोजनाको आइपिओ भर्न सकिने व्यवस्था गरिँदा लगानीकर्ताले दिनभरी लाईन लाग्नु पर्ने अवस्था आएको हो । साथै जिल्लाबासीलाई सेयर आवेदन भर्न डिम्याट खाता अनिवार्य गरिएको छैन ।

आयोजनाले दोलखाबासीका लागि १०० रुपैयाँ अंकित दरका एक अर्ब पाँच करोड ९० लाख बराबरको एक करोड ५ लाख ९० हजार कित्ता आईपिओ साउन १६ गतेदेखि खुला गरेको थियो । दोलखा जिल्लाका ईच्छुक लगानीकर्ताले तामाकोशीको उक्त आईपिओमा न्यूनतम ३० कित्ता देखि अधिकतम ३०० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

घाटामा रहेको र तीन बर्षसम्म बेच्न नपाइने भएकाले मरिहत्ते गर्नु बेकार

राष्ट्रिय गौरवको आयोजना भएपनि शेयर निष्काशन नगर्दै घाटामा रहेको कम्पनीमा आइपिओ भर्न मरिहत्ते गरिरहनु पर्ने अवस्था देखिँदैन । कम्पनीले साधारण सेयर निष्काशन गर्न प्रकाशित गरेको वित्तीय विवरण अनुसार अहिले कम्पनीको सेयरमा लगानी गर्ने लगानीकर्ता दुई रुपैयाँ ४६ पैसा घाटा व्यहोर्नुपर्ने उल्लेख छ ।

विवरणका आधारमा हेर्दा एक सय रुपैयाँ लगानी गर्ने लगानीकर्ताको सेयरको मूल्य ९७ रुपैयाँ ५४ पैसामा झरिसकेको छ ।

 

लागत उच्च हुँदा चालू आर्थिक बर्ष २०७५/७६ को अन्त्यसम्म पनि माथिल्लो तामाकोशीको सेयरमा लगानी गर्ने लगानीकर्ताले प्रतिसेयर ३० पैसा घाटा व्यहोर्नुपर्नेछ । चालू आवको अन्यसम्म प्रतिसेयर नेटवर्थ ७८ रुपैयाँ ४२ पैसा मात्र कायम हुने प्रक्षेपण कम्पनी कै छ ।

आर्थिक बर्ष ७६/७७ मा प्रतिसेयर ३८ रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण कम्पनीले गरेपनि त्यसपछिका बर्षमा फेरी घटेर २० रुपैयाँमा झर्ने प्रक्षेपण कम्पनीले नै गरेको छ ।

स्थानीयबासीले उक्त आईपिओ तीनबर्षसम्म बिक्री गर्न पाउँदैनन् । तीन बर्षपछि एकसाथ ठूलो परिमाणको शेयर फुकुवा हुने हुँदा पनि त्यसले कम्पनीको भाउ घटाउनमा नै मद्दत पुग्दछ । त्यसैले अहिले सेयर बजार अाेरालाे लागेकाले दोस्रो बजारमै आइपिओको भाउमा यहि बर्ष लाभांश बाँड्ने हैसियतका कम्पनीको शेयर छानी छानी किन्न पाउने अवस्था रहेको छ । त्यसैले अाइपिअाे भर्न सास्ति खेप्नुपर्ने अवस्था छैन ।

स्वदेशी लगानीमा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना तामाकोशी जलविद्युत आयोजनाको लागत निर्माण अवधि लम्बिएसँगै प्रतिमेगावाट पाँच करोड रूपैयाँले बढ्ने भएको छ । २०६७ सालमा निर्माण सुरु गर्दा प्रतिमेगावाट ९ करोड रुपैयाँ लागत अनुमान गरिए पनि निर्माण सम्पन्न हुँदा लाग ७० अर्बं पुग्ने भएकाले १४ करोड २५ लाख माथि पुग्ने देखिएको हो ।

कम्पनीले लाभांश अझै दुई बर्ष बाँड्न सक्ने अवस्था नरहेकाले आईपिओ भनेर मरिहत्ते गर्नुपर्ने अवस्था भने देखिँदैन ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।