बिहीबार बसेको सञ्चालक समिति बैठकले हाल कायम चूक्ता पूँजीको ३६ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनार्थ १.८९ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको कम्पनी सचिव विनोद कुमार भुजेलले जानकारी दिए ।
कम्पनीले प्रस्ताव गरेको लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी साधारणसभाबाट पारित भएपछि मात्र लगानीकर्तालाई वितरण गरिनेछ ।
हाल कम्पनीको एक अर्ब ३३ करोड ४६ लाख रुपैयाँ चुक्ता पूँजी छ । बोनसपछि कम्पनीको पूँजी एक अर्ब ८१ करोड ५१ लाख पुग्नेछ ।