सयपत्री हाइड्रोले ३ करोडको आर्इपिओ निष्काशन गर्ने

Aug 10, 2018 Merolagani

सयपत्री हाइड्रोपावर लिमीटेडले ३ लाख कित्ता साधारण सेयर (आइपिओ) निश्काशन गर्ने भएको छ । कम्पनीले बाग्लुङ जिल्लाका आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि आर्इपिओ जारी गर्न धितोपत्र बोर्डमा आवेदन गरेको हो ।

हाइड्रोले एक सय रुपैयाँ अंकित दरका कुल ३ करोड रुपैयाँ बराबरको तीन लाख कित्ता आर्इपिओ निष्काशन गर्ने जनाएको छ ।

कम्पनीको पहिलो साधारण सभाले आयोजना प्रभावित र सर्वसाधारणलाई गरि ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता आर्इपिओ जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।

कम्पनीले सुरुमा आयोजना प्रभावित क्षेत्र बाग्लुङ्गका बासिन्दाहरुका लागि १० प्रतिशतले हुन आउने ३ लाख कित्ता सेयर निष्काशन गर्नेछ । त्यस पश्चात २० प्रतिशतले हुन आउने ६ लाख कित्ता सेयर सर्वसाधारणलाई निष्काशन गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले बाग्लुङ्गमा २.५ मेगावाटको दरमखोला ए साना जलविद्युत आयोजना निर्माण गरेको छ । जसले ०७३ असारदेखि उत्पादन समेत थालिसकेको छ । आयोजनाको बिजुली उत्पादन गर्ने क्षमता वार्षिक १३.४८ गिगावाट रहेको बताइएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।