गुणस्तर बमोजिम उत्पादन नगर्ने चार उद्योग कारबाहीमा

Aug 10, 2018 Merolagani

नेपाल गुणस्तर तथा नापतौल विभागले गुणस्तर बमोजिम नभएका चार उद्योगलाई कारबाही गरेको छ । विभागले गुणस्तर बमोजिम उत्पादन नगर्ने नारायणी सिमेन्ट उद्योग प्रालि बारा, नारायणी माइक्रो पाइप उद्योग प्रालि बारा,नव नेपाल प्लाष्ट्रिक प्रालि रुपन्देही र ओडट फुड एण्ड विभरेज प्रालि काठमाडौंलाई कारबाही गरेको हो ।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले कारबाही गरिएका उद्योग गुणस्तर बमोजिम नरहेकाले कारबाही गरिएको जानकारी दिए ।

नारायणी सिमेन्ट उद्योग प्रालि बाराबाट उत्पादित सिमेन्ट नेपाल गुणस्तरबमोजिम नरहेको, नारायणी माइक्रो पाइप उद्योग प्रालिले गुणस्तर बमोजिम पाइप उत्पादन नगरेको, नवनेपाल प्लाष्ट्रिक प्रालि रुपन्देहीले नेपाल गुणस्तर बर्खिलाप हुनेगरी सेतो दाना प्रयोग गरेको र ओडट फुड एण्ड विभरेज प्रालि काठमाडौँले नेपाल गुणस्तर चिह्न अनुचित प्रयोग गरेकाले कारबाही गरेको हो ।

जसमध्ये तीन उद्योगको इजाजतपत्र स्थगन गर्नुका साथै ओडट फुड एण्ड विभरेज प्रालि काठमाडौँलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा मुद्दा दायर गरेको विभागले जनाएको छ ।

comments powered by Disqus

शिवम् सिमेन्टको आईपिओमा २८ करोड ७१ लाखको आवेदन, युनिर्भसल पावरको के हुँदैछ ?

Feb 19, 2019

शिवम् सिमेन्टले फागुन ६ देखि प्रिमियम मूल्यमा निष्काशन गरेको साधारण शेयरमा २८ करोड ७१ लाख ६९ हजार रुपैयाँ बराबरको आवेदन परेको छ। बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार मंगलबार बिहानसम्ममा ७ हजार ७९२ आवेदनबाट ९ लाख ५७ हजार २३० कित्ता शेयर माग भएको हो।