आफैंले गरेको कामको आफैंले प्रशंसा
प्रशिक्षण कार्यक्रम उद्घाटन गर्ने क्रममा सबै वक्ताले छोटो विचार राख्दै प्रशिक्षणको थालनीलाई स्वागत गरेका थिए । अन्तिममा बोल्न थालेका बोर्ड अध्यक्ष कार्कीले ३० मिनेटभन्दा बढी समय खर्चिएर आफुले गरेका कामको प्रशंसा आफैँले गर्न भ्याए ।
कुनै पनि कुरालाई प्रष्ट रुपमा नभई घुमाउरो शैलीमा ओल्टाई पल्टाई भाषण गर्न थालेपछि अध्यक्षको कुरा सुनेर कार्यक्रमका सहभागीले हाई काडेका थिए । बोर्डका निर्देशक डा. नवराज अधिकारीले पटक पटक कानेखुसी गर्दै भाषण छोट्याएर अर्को कार्यक्रममा जान ढिलाई भएको उनलाई अवगत गराए पनि बोल्न पाएको मौकामा चौका हान्न कार्कीले छाडेनन् ।
सूचीकरण समस्यालार्इ बनाए हाँसाेकाे विषय
कार्कीले यति लामो भाषण गरेपनि सूचीकरण शुल्कमा गरिएको परिमार्जनले लगानीकर्तामा परेको असरलाई भने उठाउन चाहेनन् । भाषण सकेर हिड्न लागेपछि सेयर सूचीकरण हुन नसक्दा लगानीकर्ताले भोग्नु परेको समस्याका सम्बन्धमा बोर्डको धारणा के हो ? भन्ने प्रश्नमा उनले हल्का जवाफ दिए । यसले केही समस्या उत्पन्न नभएको दाबी गर्दै उनले सेयर सूचीकरण हुन नसकेको विषय सेयर बजारका साथै समाचारको खुराक मात्र भएको बताए । उनको यो अभिव्यक्ति आए पछि कार्यक्रम स्थलभरी हाँसोको खित्का छुटेको थियो ।
सार्वजनिक कार्यक्रममा जे बोले पनि हुने
उनले यो बिषयलाई हाँसेर टार्न खोजेपछि नेपाल स्टक एक्स्चेञ्जलाई बोर्डले कार्बाही गर्ने हिम्मत किन नगरेको भन्ने प्रश्न तेर्सिउँदा केही प्रतिकृया नदिई कार्की कार्यक्रमस्थलबाट बाहिरिए ।
कार्यक्रममा मर्चेण्ट बैंकर, लगानीकर्ता सम्बद्ध संघ संस्थाका प्रतिनिधि, लगानीकर्ता, प्रेस लगायतको उपस्थिती थियो ।
यसरी सार्वजनिक कार्यक्रममा एउटा जिम्मेवार निकायका प्रमुखले लगानीकर्ताको समस्यालाई हाँसी मजाकमा उडाउँदै समस्यालाई बुझ्न नखोज्नुले लगानीकर्ताप्रति हदैसम्म गैरजिम्मेवार भएको देखाएको छ ।
बोर्ड अध्यक्षले गर्छन् लगानीकर्ताको नोक्सान भरपाई ?
४ वटा कम्पनीको हकप्रद तथा बोनस सेयर सूचीकरण हुन नसक्दा लगानीकर्ता करोडौं रुपैयाँ नोक्सान व्यहोर्न बाध्य छन् । यो समस्यालाई हाँसोमा उडाउने बोर्डका अध्यक्ष डा. कार्कीले के आफ्नो खल्तीबाट लगानीकर्ताको नोक्सान भरपाई गर्छन् ? यो प्रश्न लगानीकर्ताले बोर्ड अध्यक्ष कार्कीलाई सोध्ने कि नसोध्ने ? आफुले गर्ने निर्णय कार्यान्वायन हुन नसक्दा पर्ने असरलाई मजाकमा उडाउन मिल्छ ?
...[सेयर सूचीकरण हुन नसक्दा यसरी फस्यो लगानीकर्ताको सम्पत्ती]...
अध्यक्ष कार्कीको गैर जिम्मेवारिपनालाई लगानीकर्ताले बेलैमा सच्याउन दवाब नदिने हो भने लगानीकर्ताका समस्या यसरी नै मजाकका बिषय बन्ने निश्चित छ ।
बोर्डका अध्यक्षले सेयर सूचीकरण नहुँदा केही असर परेको छैन भन्दै गर्दा हामीले पछिल्लो १० कारोबार दिनमा ६ वटा कम्पनीको सेयर मूल्यमा आएको गिरावटलाई तथ्याङ्क सहित प्रस्तुत गरेका छौं ।
उल्लेखित विषयको उठान नभएको भए अहिलेसम्म सेयर सूचीकरण भएर बेच्न चाहनेले पहिले नै बेचिसक्ने थिए । अब धितोपत्र बोर्डका अध्यक्ष डा. कार्कीलाई ४ कम्पनीका सेयरधनीका तर्फबाट प्रश्न : तथ्याङ्कमा देखाइएको नोक्सान अध्यक्षज्यूले खल्तीबाट झिकेर लगानीकर्तालाई बुझाउने हो या लगानीकर्ताको सरोकारको विषयलाई यसरी नै मजाक बनाउँदै हिड्न हो ? आगे यहाँकै मर्जी ।
सेयर सूचीकरण हुन नसक्दा नोक्सानको अवस्थामा पुगेका ४ कम्पनीको सेयर मूल्यको तथ्य यस्तो छ ।
धिताेपत्र बाेर्डले अायाेजना गर्न थालेकाे धिताेपत्र तथा वस्तु विनिमय बजारसम्बन्धि कार्यक्रम हरेक महिनाकाे दाेस्राे र चाैथाे शुक्रबार दिउँसाे २ बजेदेखि ४ बजेसम्म सञ्चालन हुनेछ । इच्छुक सराेकारवाला व्यक्त्ति तथा लगानीकर्ताले यस कार्यक्रममा सहभागिता जनाउन सक्नेछन् ।