४० मेगावाटको चमेलिया निर्माणका लागि विद्युत प्राधिकरणसँग अपिले गर्यो ग्रिड कनेक्शन सम्झौता

Aug 10, 2018 Merolagani

अपि पवार कम्पनी लिमिटेडले ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजना बनाउने भएको छ । अपि पावर र नेपाल विद्युत प्राधिकरणको ग्रिड संचालन विभाग विच ४० मेगावट क्षमताको माथिल्लो चमेलिया जलविद्युत आयोजनाको ग्रिड कनेक्शन सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

हस्ताक्षर पत्रमा अपि पावरका संचालक महेन्द्र न्यौपाने र नेपाल विद्युत प्राधिकरणको ग्रिड संचालक विभागका निर्देशक दिर्घायु कुमार श्रेष्ठले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ ।

सम्झौता अनुरुप अपि पावरले निर्माण गर्ने ४० मेगावाट क्षमताको माथिल्लो चमेलिया जलविुद्यत आयोजनबाट उत्पादित विद्युत शक्ति बँलाच सव स्टेशनको १३२ के.भि. वसबारमा जडान गरिनेछ ।

४० मेगावटको माथिल्लो चमेलिया जलविद्युत आयोजना अपि पावरको तेस्रो आयोजना हो । यसअघि छोटो समयमा करिव १७ महिनाभित्र ८.५ मेगावट क्षमताको नौगड गाढ साना जलविद्युत आयोजना सम्पन्न गरी २०७२ साल भदौै महिनादेखि विद्युत प्रवाह गरिरहेको छ । सोही नदिमा ८ मेगावटको अपर नौगड गाढ जलविद्युत आयोजना निर्माण अन्तिम चरणमा पुर्याएको कम्पनीले १८ मेगावाटको सैर्य उर्जा उत्पादन गर्ने तयारी गरिरहेको विज्ञप्तीमा छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।