नयाँ नेपाल लघुवित्तको २५० प्रतिशत हकप्रद शेयरको बिक्री खुल्यो

Aug 12, 2018 Merolagani

नयाँ नेपाल लघुवित्त(NNLB)ले साउन २७ गतेदेखि २५० प्रतिशत हकप्रद शेयरको बिक्री खुला गरेको छ । लघुवित्तले प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरले ६ लाख कित्ता हकप्रद शेयर बिक्री खुला गरेको हो ।

कम्पनीको एक सय कित्ता शेयर हुनेले दुई सय पचास कित्ता शेयरका लागि आवेदन दिन पाउनेछन् ।

लघुवित्तले हकप्रद प्रयोजनका लागि गत साउन ७ गते सोमबार शेयर धनी दर्ता किताब बन्द गरेको थियो । जस अनुसार साउन ६ गते आइतबारसम्म कायम कम्पनीका शेयरधनीले मात्र हकप्रद शेयरमा आवेदन गर्न पाउनेछन् । यो हकप्रदमा भदौ ३१ गतेसम्म आवेदन दिन सकिनेछ ।

लघुवित्तको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, एनएमबि बैंकका अधिकांश शाखा कार्यालय लगायत धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सेवामा सहभागी वित्तीय संस्थाबाट पनि हकप्रद भर्न मिल्नेछ ।

हाल लघुवित्तको चुक्ता पूँजी २ करोड ४० लाख रुपैयाँ रहेको छ । ६ करोड रुपैयाँ बराबरको हकप्रद सेयर बिक्री गरे पश्चात लघुवित्तको चुक्ता पूँजी ८ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।