बैंक ब्याजदरको प्रभाव चिलिमेको ब्यालेन्स सिटमा, प्रशासनिक खर्च घट्दा यस्तो देखियो प्रगति

Aug 12, 2018 Merolagani

चिलिमे हाइड्रोपावर कम्पनी (CHCL) ले अघिल्लो आर्थिक बर्षको तुलनामा गत आर्थिक बर्षमा खुद नाफा सामान्य बढेको वित्तीय विवरण सार्वजनिक गरेको छ । विद्युत बिक्रीको आम्दानी घटेपनि बैंक ब्याज आम्दानी बढ्नुका साथै प्रशासनिक खर्च घटेपछि कम्पनीको नाफा सामान्य बढेको हो ।

चिलिमेले गत आर्थिक बर्षको अन्त्यसम्ममा ९३ करोड ८७ लाख खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको नाफा अघिल्लो बर्षको तुलनामा एक प्रतिशत अर्थात १६ लाखले बढी हो । अघिल्लो  बर्ष कम्पनीले ९३ करोड ७१ लाख खुद नाफा गरेको थियो ।

बिद्युत बिक्रीबाट भएको आम्दानी घटेपनि बैंक ब्याज आम्दानी बढेपछि चिलिमेको नाफा बढेको हो । गत असारमसान्तसम्म चिलिमेले एक अर्ब १३ करोड रुपैयाँ विद्युत बिक्रीबाट आम्दानी गरेको छ । अघिल्लो बर्ष यस्तो आम्दानी एक अर्ब १९ करोड थियो ।

कम्पनीको विद्युत बिक्रीको आम्दानी घटेपनि ब्याज आम्दानी भने ह्वात्तै बढेको छ । अघिल्लो बर्ष ब्याज आम्दानीबाट ३ करोड ९३ लाख कमाएको कम्पनीले गतबर्ष ६ करोड ८२ लाख आम्दानी गरेको छ । कम्पनीको विद्युत बिक्रीको आय ४.८८ प्रतिशतले घटेका अवस्थामा ब्याज आम्दानी ७३.३९ प्रतिशतले बढेको छ ।

कम्पनीको ब्याज आम्दानी बढ्नुका साथै प्रशासनिक खर्च घटेपछि विद्युत बिक्रीको आम्दानी घटेपनि खुद नाफा बढेको हो । अघिल्लो बर्ष ७ करोड ३५ लाख प्रशासनिक खर्च गरेको कम्पनीले गतबर्ष यस्तो खर्च घटाएर ४ करोड ६२ लाखमा सिमित गरेको छ ।

यता कम्पनीको विद्युत बिक्री लागतका साथै अन्य खर्च तथा प्रशासनिक खर्चमा समेत कमी आएको छ । त्यस्तै सरकारलाई तिर्नुपर्ने कर तथा कर्मचारी बोनस व्यवस्थाको रकम भने बढेको छ ।

तीन अर्ब ९६ करोड चुक्ता पूँजी रहेको कम्पनीको प्रतिसेयर आम्दानी २३ रुपैयाँ ६८ पैसा कायम भएको छ । जसको. जगेडा कोषमा चार अर्ब ९८ करोड छ । चिलिमेको प्रतिशेयर नेटवर्थ २२५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ३३.३७ गुणा रहेको छ ।

कम्पनीको २७० मेगावाट बराबरका चार आयोजना निमार्णका क्रममा रहेका छन भने त्यस्तै कम्पनीले सर्वेक्षण अनुमति पाएका १५६ मेगावाटको सेतीनदी ३ र ४२० मेगावाट क्षमताको बुढीगण्डकीको काम अघि बढाउन चुनौती छ ।

कम्पनीमा नेपाल विद्युत प्राधिकरणको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत हिस्सा रहेको छ । जसमध्ये १० प्रतिशत स्वामित्व स्थानियको रहेको छ । यस कम्पनीको सहायक कम्पनीहरुमा रसुवागढी हाइड्रोपावरमध्ये भोटेकोशी जलविद्युत कम्पनी र सान्जेन जलविद्युत कम्पनी रहेका छन् ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।