अजोड इन्स्योरेन्सले कमायाे दुई करोड खुद नाफा

Aug 12, 2018 Merolagani

गत असार २१ गते बिहिबारबाट औपचारिक रुपमा ब्यबसाय शुरु गरेको अजोड इन्स्योरेन्स कम्पनी (AJOD)ले छाेटाे अवधिमा दुई करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । निर्जीवन बीमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट आय शिर्षकबाट तीन करोड २३ लाख आम्दानी गरेको छ। एक करोड १५ लाख व्यवस्था तथा खर्च र ७ लाख सञ्चालन नोक्सानी हुँदा कम्पनीले खुद नाफा दुई करोड गरेको हो ।

७० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीले ९० लाख जगेडा कोषमा, एक करोड बीमा कोषमा र १० लाख महाविपत्ति जगेडा सञ्चित गरेको छ ।

समीक्षा अवधिमा एक लाख ३८ हजार खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले पुनर्बीमा कशिनबाट ४ लाख ८८ हजार आम्दानी गरेको छ । कूल ६ लाख ५२ हजार आम्दानी गरेको कम्पनीको खर्च १३ लाख ५७ हजार रहेकोमा व्यवस्थापन खर्च १२ लाख बढी रहेको छ । जसले कम्पनी ७ लाख नोक्सानीमा गएको हो ।

कम्पनीले ३३ वटा बीमालेख जारी गरेको छ । यसबाट कम्पनीले २४ लाख २५ हजार कूल बीमाशुल्क आर्जन गरेको वित्तीय विवरणमा उल्लेख गरेको छ । यस अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २ रुपैयाँ ८७ पैसा र प्रतिसेयर नेटवर्थ १०२ रुपैयाँ ८७ पैसा कायम रहेको छ ।

comments powered by Disqus

साढे १३ प्रतिशत घट्यो वाणिज्य बैंकहरुको नाफा, १३ बैंकहरुको नाफा घट्दा ७ भने बढाउन सफल

Apr 19, 2024 08:47 AM

वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुनलामा १३.४७ प्रतिशत घटेको छ।