एसबिआई बैंकको सन्तुलित विवरण, वितरण योग्य नाफा एक अर्ब ३४ करोड

Aug 13, 2018 Merolagani

राष्ट्र बैंकले तोकेको आठ अर्ब चुक्ता पूँजी पुर्याएको नेपाल एसबिआई बैंक(SBI) को गत आर्थिक बर्षको प्रगति सन्तुलित देखिएको छ । अघिल्लो बर्षको तुलनामा १६ प्रतिशत बढीले चुक्ता पूँजी बढाएको बैंकले सोही अनुसार कमाई बढाएर प्रतिसेयर आम्दानी सन्तुलनमा राखेको छ ।

नेपाल फाइनान्सीङ रिपोटिङ स्ट्याण्र्डर्ड (एनएफआरएस) अनुसार गत आर्थिक बर्षको अन्त्यसम्म बैंकले एक अर्ब ८७ करोड खुद नाफा गरेको छ । जुन अघिल्लो बर्षको तुलनामा झण्डै २० प्रतिशत बढी हो । अघिल्लो बर्ष बैंकले एक अर्ब ५६ करोड खुद नाफा गरेको थियो ।

एनएफआरएस अनुसार बैंकको वितरण योग्य नाफा भने एक अर्ब ३४ करोड छ । बैंकले राष्ट्र बैंकको निर्देशन अनुसार नियामकीय व्यवस्था अन्तर्गत ५४ करोड ६३ लाख छुट्याएको छ ।

बैंकले यस अवधिमा ६ अर्ब ९२ करोड रहेको चुक्तापूँजी ८ अर्ब नघाएको छ । चुक्तापूँजी बढेको अनुपातमा बैंकको कमाई बढ्दा प्रतिसेयर आम्दानी सन्तुलनमा रहेको छ । बैंकको प्रतिशेयर आम्दानी २३ रुपैयाँ ३२ पैसा छ । गतबर्षको यही अवधिमा बैंकको प्रतिसेयर आम्दानी २२ रुपैयाँ ६० पैसा थियो ।

बैंकले निक्षेप र कर्जाको आकार सामान्य बढाएको छ । कर्जाको वृद्धिको तुलनामा निक्षेपको वृद्धि कमजोर रहेको छ । बैंकले ब्याज आम्दानी बढाएपनि ब्याज खर्च झन धेरै बढेको छ । यसअवधिमा बैंकले ४ अर्ब १२ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो बर्षको भन्दा करिब ३८ प्रतिशत बढी हो ।

बैकले यसअवधिमा ८४ अर्ब २१ करोड निक्षेप उठाएर ७५ अर्ब ८८ करोड कर्जा प्रवाह गरेको छ । बैंकको सिसिडि ७४.३८ प्रतिशत छ । जसले गर्दा अझै पनि बैंक केही कर्जा विस्तार गर्न सक्ने अवस्थामा देखिन्छ ।

यस अवधिमा बैंकको खराब कर्जा केही बढेको छ । बैंकको खराब कर्जा ०.२० प्रतिशत देखाएको छ । प्रतिसेयर आम्दानी २३ रुपैयाँ ३२ पैसा रहेको प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ एक पैसा छ ।

बैंकको कोषको लागत ५.४५ प्रतिशत छ भने आधार दर १०.१२ प्रतिशत तथा मूल्य आम्दानी अनुपात २१.४० गुणा बढी छ । यसअवधिमा बैंकको जगेडाकोषको आकार समेत केही बढाएर ४ अर्ब ७४ करोड पुर्याएको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।