पूँजी भन्दा दोब्बर जगेडा बनाएको साना किसानको खुद नाफा २१ प्रतिशले सुधारियो

Aug 13, 2018 Merolagani

साना किसान विकास लघुवित्त (SKBBL)ले चुक्ता पूँजीभन्दा दोब्बरले जगेडा कोष मजबुत बनाएको प्रतिवेदन सोमबार सार्वजनिक गरेको छ । ६२ करोड ८८ लाख रुपैयाँ चुक्ता पूँजी रहेको उसको जगेडा कोषको आकार एक अर्ब ३७ करोड ७५ लाख रुपैयाँ पुगेको छ ।

त्यसैगरि लघुवित्त कम्पनीले आर्थिक बर्ष २०७४/७५ को चौथो त्रैमासमा ४० करोड ८ लाख खुद नाफा आर्जन गरेको छ । अघिल्लो बर्ष यसै अवधिमा कम्पनीले ३३ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समीक्षा अवधिमा लघुवित्तले २१.२३ प्रतिशतले खुद नाफा बढाएको हो । 

विभिन्न बैंक तथा संघ संस्थाबाट १५ अर्ब ७५ करोड चार लाख रुपैयाँ सपाटि लिएको लघुवित्तले १६ अर्ब ८९ करोड १२ लाख रुपैयाँ कर्जा परिचालन गरेको छ ।

गत आर्थिक बर्षमा एक अर्ब ६० करोड ६० लाख रुपैयाँ ब्याज आम्दानी गरेको लघुवित्तले ८४ करोड २८ लाख रुपैयाँ ब्याज खर्च गरेको छ । अघिल्लो बर्षको तुलनामा १९.५८ प्रतिशले खुद ब्याज आम्दानी बढेको छ ।साना किसानले गत बर्षमा ७६ करोड ३२ लाख खुद ब्याज आम्दानी गरेको छ ।

निष्कृय कर्जा अनुपात घटाएर ०.४० प्रतिशतमा सीमित गरेको लघुवित्तको नाेक्सानी व्यवस्था झण्डै दाेब्बरले बढेर ६ कराेड ६८ लाख व्यवस्था गरेकाे छ ।

साना किसानकाे प्रति शेयर आम्दानी ६३ रुपैयाँ ७५ पैसा र प्रति सेयर नेटवर्थ ३१९ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात १८.२० गुणा रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।