विद्युत प्राधिकरणले १२ मेगावाट सौर्य उर्जाका लागि गर्यो पिपिए

Aug 13, 2018 Merolagani

नेपाल विद्युत प्राधिकरणले सोलार आयोजनाको विद्युत खरिद सम्झौता (पिपिए) गर्न सुरु गरेको छ । प्राधिकरणले आइतबार १२ मेगावाटको पिपिए टुंग्याएको छ । प्राधिकरणले गरेको यो दोस्रो र तेस्रो पिपिए हो । प्राधिकरणले गत बिहीबार तनहुँको बेलचौतारामा निर्माण हुने ५ मेगावाट सोलारको पिपिए गरेको थियो ।

दर्जनौं सोलार आयोजना पिपिएको लाइनमा रहेको प्राधिकरण विद्युत व्यापार विभागका प्रमुख प्रबल अधिकारीले बताए ।

अपि पावर कम्पनी लिमिटेडले निर्माण गर्ने २ सौर्य विद्युत आयोजनाको पिपिए गरेको छ । कम्पनीले पर्साको परवानीपुरमा ८ मेगावाट र रौतहटको चन्द्रनिगाहपुरमा ४ मेगावाटको सोलार प्लान्ट विकास गर्नेछ । यी आयोजनासँग प्रतियुनिट ७ रुपैंया ३० पैसामा २५ वर्षका लागि पिपिए भएको छ । पिपिएमा प्राधिकरण योजना अनुगमन तथा सूचना प्रविधि निर्देशनालयका उपकार्यकारी निर्देशक जगदिश्वरमान सिंह र कम्पनीका प्रबन्ध निर्देशक सञ्जिव न्यौपानेले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ ।

उत्पादित विद्युत परवानीपुरको ११ केभी परवानीपुर र चन्द्रनिगाहपुरको ३३ केभी सबस्टेसनमा जोडिनेछ । अबको १० महिनाभित्र प्राधिकरणको सबस्टेसन नजिक विद्युत उत्पादन गरी जोड्ने बताइएको छ ।

कम्पनीले सिमरा र ढल्केबरमा निर्माण गर्ने २ मेगावाटका आयोजनाको पनि एक साताभित्र पिपिए हुने तयारी छ । अपिले रिडी पावर कम्पनी सहित प्राधिकरण सबस्टेसन नजिक सौर्य विद्युत जडान गर्न खुल्ला प्रतिस्पर्धाबाट १० स्थानको अनुमति लिएको छ ।

सरकारले २०७२ फागुनमा घोषणा गरेको ९९ बुँदे ‘ऊर्जा संकट निवारण तथा विद्युत विकास दशक’ सम्बन्धी कार्ययोजनामा प्रतियुनिट ९ रुपैंया ६१ पैसादेखि ८ रुपैंया ४५ पैसा ‘बेन्चमार्क’ तोकी पिपिए आह्वान गरेको थियो । तर, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले तयार गरेको ‘ग्रिड कनेक्टेड सौर्य विद्युत विकास सम्बन्धी कार्यविधि २०७४’ लागू भएपछि सोलार पिपिएको दर प्रतियुनिट ७ रुपैंया ३० पैसा कायम गरिएको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।