स्वावलम्बन विकास केन्द्रको २७ औं वार्षिकोत्सवलाई सम्बोधन गर्दे अर्थमन्त्री डा. खतिवडाले हालै विश्व बैंकले समेत नेपालको गरिवी न्यूनिकरणमा देखिएको विकासमा खुसी व्यक्त गरेको बताए ।
उनले सामाजिक–आर्थिक रुपान्तरण उद्यमशीलता तथा प्रविधिको विकास विना सम्भव नभएकाले लघुवित्त संस्थाहरु त्यस तर्फ केन्द्रीत हुनुपर्नेमा जोड दिए ।
सो कार्यक्रममा केन्द्रका अध्यक्ष शंकरमान श्रेष्ठले हालका दिनमा लघुवित्त संस्थाहरुको अस्वस्थ प्रतिस्पर्धाका कारण लघुवित्तको मूल मर्म र उद्देश्य भुल्दै गएको बताए ।
उनले केन्द्रले अबका दिनमा विकराल बन्दै गएको बेरोजगारी समस्यालाई उद्यमशीलताको माध्यमबाट समाधानको प्रयास गर्ने बताए जुन बंगलादेशको ग्रामीण ट्रष्टले विगत देखि संचालन गर्दै आएको छ ।