यथाशीघ्र आर्थिक विकास र समृद्धि हासिल गर्नु वर्तमान सरकारको मुख्य लक्ष्यः प्रम

Aug 14, 2018 RSS

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताको प्रवद्र्धन, लोकतन्त्रको संस्थागत विकास, सामाजिक सहिष्णुता र समानताका आधारमा राष्ट्रिय एकताको सुदृढीकरण वर्तमान सरकारका प्रमुख प्राथमिकता भएको बताएका छन ।

नेपालको संविधानका सम्बन्धमा राजधानीमा आयोजित सम्मेलन समापन समारोहलाई सम्बोधन गर्दै उनले असमानता, भेदभाव र दमनको अन्त्य गरेर यथाशीघ्र आर्थिक विकास र समृद्धि हासिल गर्नु वर्तमान सरकारको मुख्य लक्ष्य भएको स्पष्ट पारे ।

प्रधानमन्त्री ओलीले द्रुत विकास र समृद्धिका निम्ति सरकार सुशासन, जवाफदेहीता, पारदर्शीता, मितव्ययीता र भ्रष्टाचारलाई निर्मुल गर्नमा केन्द्रित रहेको उल्लेख गर्दै नयाँ संविधान घोषणाका निम्ति देशले व्यहोरेका उतारचढावको फेहरिस्त प्रस्तुत गरे ।

प्रधानमन्त्री ओलीले संविधानलाई पूर्णरुपमा कार्यान्वयन गर्न आवश्यक पर्ने ऐन कानून शीघ्रातिशीघ्र संसद्बाट अनुमोदन गराउनु, मौलिक अधिकारको पालना एवं कार्यान्वयन गर्नु, संविधानको भावनाअनुरुप केन्द्र र प्रदेशबीच सुमधुर सम्बन्ध कायम गर्नु, तीनवटै तहका सरकारको क्षमता अभिवृद्धि र प्राकृतिक तथा वित्तिय स्रोतको वितरणमा सुनिश्चितता गर्नु अहिलेको मुख्य काम भएको बताए ।

 

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।