महालक्ष्मी विकास बैंकले ल्यायो यस्ता कर्जा योजना

Aug 14, 2018 Merolagani

महालक्ष्मी बिकास बैंक (MLBL) ले ग्राहकहरूको आवास, शिक्षा तथा अन्य आवश्यकतालाई सहजताका साथ पुरा गर्ने उदेश्यले महालक्ष्मी घर कर्जा, महालक्ष्मी शैक्षिक कर्जा तथा महालक्ष्मी साना तथा मझौला कर्जाको सुविधा ल्याएको छ ।

बैंकले मानिसहरुको घरघडेरी जोड्ने तथा उच्च शिक्षा हासिल गर्ने सपना केवल पुँजीको अभावमा पुरा हुन नसकेको कुरालाई मध्यनजर गरी बैंकले उक्त योजनाहरु ल्याएको जनाएको छ ।

सो योजना मार्फत ग्राहकहरुले घर कर्जामा ५ लाख देखि ५ करोड रुपैयाँसम्मको कर्जा र ५ लाख देखि १ करोड रुपैयाँसम्मको शैक्षिक कर्जा प्राप्त गर्न सक्नेछन् । उल्लेखित कर्जाहरु बैंकका सम्पूर्ण शाखाहरुबाट मात्र वार्षिक १२.९९ प्रतिशतको सर्वसुलभ ब्याजदरमा प्रवाह गरिने बैंकले उल्लेख गरेको छ ।

२० वर्ष सम्मको अधिकतम अवधिको किस्तामा उपलब्ध हुने महालक्ष्मी घर कर्जा अन्तर्गत, ग्राहकले आवासीय जग्गा, तयारी घर वा अपार्टमेन्ट खरिद, घर निर्माण वा मर्मत सम्भार गर्न सक्नु हुनेछ । यो सुबिधा अन्तर्गत कर्जा स्वाप गर्न पनि सकिनेछ ।

महालक्ष्मी शैिक्षक कर्जामा भने स्वदेश वा विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीवर्गले आफ्ना लागि वा अभिभावकले आफ्ना बालबच्चाका लागि उल्लेखित कर्जा लिन सक्नेछन । यस कर्जा अन्तर्गत पहिलो ५ वर्षसम्म ब्याज मात्र बुझाए पुग्नेछ ।

देशका शहरी तथा ग्रामीण क्षेत्रमा विभिन्न स्थानहरुमा ७३ वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको महालक्ष्मी विकास बैंक लि. को ग्राहक संख्या ४ लाख ४० हजार भन्दा बढी रहेको छ ।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।