मापदण्ड नपुगेका १६ उद्योगको उत्पादन तथा बिक्री वितरणमा रोक, ६२ उद्योगलाई स्पष्टीकरण

Aug 14, 2018 RSS

नेपाल गुणस्तर तथा नापतौल विभागले १६ उद्योगको सामान उत्पादन तथा बिक्री वितरण बन्द गरेको छ। आर्थिक वर्ष २०७४/ ७५ मा मापदण्डभन्दा बाहिर गएर उद्योग सञ्चालन गरेको भन्दै विभागले ती उद्योगको उत्पादन तथा बिक्री वितरण बन्द गरेको हो।

विभागले आव २०७३/७४ मा ६ उद्योगको उत्पादन तथा बिक्री वितरण बन्द गरेको थियो।

विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले मापदण्ड पूरा गर्न पटकपटक आग्रह गर्दा नमानेपछि ती उद्योगको उत्पादन तथा बिक्री वितरण बन्द गरिएको बताए। बिक्री वितरण बन्द गरिएका उद्योगमा खाद्यान्न, तेल, पाइप, छडलगायत बढी रहेका छन्।

विभागले मापदण्डविपरीत उद्योग सञ्चालन गर्ने ६२ उद्योगलाई स्पष्टीकरणसमेत सोधेको छ। आव २०७३/७४ मा ७३ उद्योगलाई विभागले स्पष्टीकरण सोधेको थियो। विभागले नेपाल गुणस्तर चिन्ह दुरुपयोग गर्ने एक उद्योगको मुद्दा प्रक्रिया अगाडि बढाएको थियो।

आव २०७४/७५ मा इजाजतपत्र प्रमाणीकरणका लागि ७० उद्योगले आवेदन दिएका थिए। आवेदन दिनेमा ४६ ग्यास उद्योग, सात विदेशी र १७ नेपाली उद्योग रहेका छन्।

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।