कम्पनीले गत बर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ११.३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
कम्पनीले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृतीपछि कम्पनीको अागामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुनेछ । मेरो माइक्रोले गत आर्थिक बर्षमा ९ करोड ४७ लाख खूद नाफा गरेको थियो ।
अघिल्लो बर्ष कम्पनीले ३० प्रतिशत बोनस र १२.१० प्रतिशत नगद लाभांश गरी कुल ४२.१० प्रतिशत लाभांश वितरण गरेको थियो ।
हाल यसको चुक्ता पुँजी २८ करोड ६० लाख रुपैयाँ छ । बोनसपछि कम्पनीको पूँजी ३२ करोड ८९ लाख पुग्ग्नेछ ।