समता माइक्रोफाइनान्स
समता माइक्रोफाइनान्सले गत असार २७ देखि ५० प्रतिशत अर्थात दुई बराबर एकको अनुपातमा एक लाख ८९ हजार ६०० कित्ता हकप्रद शेयर निष्काशन गरेको थियो ।
समताको हकप्रद सेयरको बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।
कम्पनीको हकप्रदमा जेठ ११ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन गर्न पाउनेछन् ।
शेयरधनीले हकप्रदमा धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट आवेदन गर्न सक्नेछन् । त्यसका अलवा सेयरधनीले विक्री प्रबन्धकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय र लघुवित्तको केन्द्रीय कार्यालय सिमरा बाराबाट पनि हकप्रदमा भर्न सक्नेछन् ।
लघुवित्तको चुक्ता पूँजी तीन करोड ७९ लाख २० हजार रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद पश्चात चुक्ता पूँजी पाँच करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।
मिर्मिरे लघुवित्त
मिर्मिरे लघुवित्तको शतप्रतिशत हकप्रदमा आबेदन दिने पनि आज मंगलबार अन्तिम दिन हो । असार २७ गते निष्काशन गरेको चार करोड ५० लाख रुपैयाँ बराबरको चार लाख ५० हजार कित्ता हकप्रद सेयरमा आज कार्यालय समय भित्र आबेदन दिन सकिनेछ ।
हकप्रदको बिक्री प्रबन्धकमा एनआइबिएल एस क्यापिटल रहेको छ । हकप्रदमा जेठ १७ गतेसम्म कायम रहेका सेयरधनीले हकप्रदमा आवेदन गर्न पाउनेछन् । धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त जुनसुकै बैंक तथा वित्तीय संस्थाबाट हकप्रदमा आवेदन गर्न सकिनेछ ।
त्यसका अलवा सेयरधनीले विक्री प्रबन्धकको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय र लघुवित्तको केन्द्रीय कार्यालय बनेपा काभ्रे तथा नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरु विराटनगर, बीरगञ्ज, नारायणगढ, नेपालगञ्ज, बुटबल र धनगढी र शाखा कार्यालयबाट समेत हकप्रदमा आवेदन गर्न सकिनेछ ।