कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ छ । पूँजीगत रकमलाई बैंकमा जम्मा गरेर तथा लगानी गरेर बैंकले खुद नाफा देखाएको हो । यस क्रममा सानिमा इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्य शिर्षकबाट ४ करोड ११ लाख २६ हजार ४ सय रुपैयाँ आम्दानी गरेको छ ।
१ लाख ३१ ह्जार रुपैयाँको खुद बीमाशुल्क आर्जन गरेको इन्स्योरेन्सले पुनर्बीमा कमिशनबाट ३८ हजार रुपैयाँ आम्दानी गरेको छ ।
उल्लेखित आम्दानीबाट कम्पनीले ४७ लाख ९८ हजार रुपैयाँ विभिन्न शिर्षकमा खर्च गरेको छ । व्यवस्थापन खर्च, कर्मचारी बोनस तथा आयकर तिरेर इन्स्योरेन्सले २ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको हो । कम्पनीले कर्मचारी बाेनसका लागि ३२ लाख ७० हजार रुपैयाँ र आयकरमा ९५ लाख ७ हजार रुपैयाँ खर्च गरेको छ ।
कम्पनीको जगेडा कोषमा ८४ लाख ३९ हजार रुपैयाँ सञ्चित छ । यस्तै बीमा कोषमा १ करोड १५ लाख र महाविपत्ति कोषमा ११ लाख ४४ हजार रुपैयाँ छुट्टाएको छ ।
बीमा समितिको निर्देशन अनुसार एक अर्ब चुक्ता पूँजी पुर्याउन कम्पनीले ३० करोड रुपैयाँको आर्इपिओ जारी गर्ने तयारी गरेको छ ।