धितोपत्र बोर्ड पछि हटे पछि १ महिनाको बक्यौता सेयर बुधबारदेखि सूचीकरण

Aug 14, 2018 Merolagani

बजारमा पर्ने असरको लेखाजोखा नगरी एकलौटी निर्णय गरेको धितोपत्र बोर्ड सूचीकरण शुल्कका सम्बन्धमा झुके पछि बुधबारदेखि सेयर सूचीकरण हुने भएको छ । सम्बद्ध पक्षसँग एक पटक पनि छलफल नगरी नयाँ व्यवस्था लागू गरेको बोर्डलाई नेप्सेले ठाडो चुनौती दिएको थियो ।

नियामक भएकै भरमा समग्र बजारको अवस्थालाई मध्यनजर नगरी बोर्डले एकलौटी निर्णय गरे पछि नेप्सेले त्यसलाई कार्यान्वायनमा ल्याएको थिएन । जसका कारण नयाँ आर्थिक वर्ष सुरु भए यता ८ कम्पनीहरुको सेयर सूचीकरण रोकिएको थियो ।

नेपाल स्टक एक्सचेञ्जका प्रवक्ता मुराहरी पराजुलीका अनुसार मंगलबार नेप्से सञ्चालक समितिको बैठक बसेर धितोपत्र बोर्डबाट आएको स्वीकृतिका सम्बन्धमा निर्णय गर्नेछ । उक्त निर्णय भए लगत्तै बुधबारदेखि सेयर सूचीकरण सुरु हुने पराजुलीलले जानकारी दिए ।

८ कम्पनीहरुको साधारण सेयर, बोनस तथा हकप्रद सूचीकरण हुन नसक्दा लगानीकर्ता समस्यामा परेका थिए ।

...[बोर्ड र नेप्सेको जुहारीले लगानीकर्ताको करोडौं सम्पत्ति बन्धक, के हो लफडा ?]... 

’धितोपत्र सूचीकरण विनियमावली, २०७५’ स्वीकृत गर्ने क्रममा बोर्डले नेप्सेको प्रस्तावमा कुनै बिचार नगरी परिमार्जन गरेको थियो । नेप्सेले बोर्डको निर्णयले नेप्से सञ्चालनमा समस्या हुने भन्दै सूचीकरणको काम थप्प पारेको थियो । नेप्सेले सूचीकरण ठप्प पारे पनि धितोपत्र बोर्डले नेप्सेलाई यस सम्बन्धमा सोध्ने समेत हिम्मत जुटाउन सकेन, कार्वाहीको कुरो धेरै टाढाको विषय बन्यो । बोर्ड आफैंले गल्ती गरेका कारण पनि कार्वाही गर्न नसकी समयानुकुल रुपमा सूचीकरणको नयाँ दर निर्धारण गरेको हो ।

...[सेयर सूचीकरण नहुँदाको समस्यालाई धितोपत्र बोर्डका अध्यक्षले ‘खुराक’ भनेर उडाए पछि]... 

यस अघि पनि बोर्डले एकलौटी रुपमा गरेका विभिन्न निर्णयहरु चौतर्फी बिरोधको विषय बने पछि एक पछि अर्को गर्दै बोर्डले निर्णय उल्ट्याउँदै आएको छ । 

...[नेप्सेको बार्गेनिङ्ग पछि धितोपत्र बोर्डले सच्यायो सूचीकरण शुल्क]...

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।