शेयर बजारमा सुधारको संकेत तर अझै देखिएन कारोबारमा उत्साह

Aug 14, 2018 Merolagani

निरन्तर ओरालो लागेको शेयरबजारले पछिल्ला दुई दिन सामान्य गति लिएको छ । लगातार सात दिन ओरालो लागेको नेप्से पछिल्ला दुई दिनमा १७ अंक बढीले उकालो लागेको छ । बजार उकालो लागेपनि अझै शेयर कारोबारमा भने उत्साह जाग्न सकेको छैन् ।

मंगलबार नेप्से ६.६१ अंकले बढेर ११८०.९८ मा पुगेको छ । बैंक र बीमा समूहमा सुधार आउँदा मंगलबार शेयर बजार बढेर बन्द भएको छ।

कारोबारको पहिलो आधा घण्टा बढेको बजार त्यसपछि लगातार घटेर नकारात्मक बनेको थियो । तर त्यसपछि बिस्तारै सुधारिएको बजारमा अन्तिम एक घण्टामा तीव्र गतिमा सुधार भएपछि ६ अंक माथि पुगेको हो । 

 

निरन्तर घटेको बजारमा सस्तो मूल्यमा शेयर किन्ने लगानीकर्ताको सक्रियता बढेपछि बजारमा सुधारको संकेत देखिएको हो। तर पनि अझै लगानीकर्ताको मनोबल फर्किन सकेको छैन जसले गर्दा कारोबार रकम बढ्न सकेको छैन् । पछिल्ला दिनहरुमा शेयर बजारमा २० करोड भन्दा कमको कारोबार हुदै आएको छ । सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गर्नेक्रम सुरु भएकाले कारोबार रकम बढ्दै जाने आँकलन गरिएको छ ।

कारोबारमा आएका एघार उप–समुहमध्ये र्निजीवन बीमा समूहको सुचक ५०.१ अंकले बृद्धि भएको छ । माईक्रोफाइनास समुहको १५.६ अंकले सुधारीएको छ । विकास बैंक समूहको १४.८८ अंकले बढेको छ भने जीवन बीमा समूहको १३.१ अंकले बढेको छ । त्यसैगरी फाइननान्स समूहको १०.३९ अंक, उत्पादनमुलक समुहको ६.६१ अंक, जल विद्युत समुह ६.३४ अंकले, बैंकङ्ग समूहको ६.८७ अंकले, व्यपार समूहको ५.७ अंकले बजार बढेको हो । यता होटल समूूह सुचक ३.३९ अंकले र अन्य समूहको सुचकमा १.४१ अंकले बजार ओरालो लागेको छ ।

यसदिन १६० कम्पनीको ७ लाख ३२ हजार ७२५ कित्ता सेयर १८ करोड ९५ लाख रुपैयाँ बराबरमा खरिद बिक्री भएको छ । मंगलबारको सेयरबजारमा नेपाल इन्भेष्टमेन्ट बैंकको सेयर सबै भन्दा धेरै ८५ लाख रुपैयाँ र नेपाल लाइफ इन्स्योरेन्सको ६० लाख रुपैयाँको खरिद बिक्री भयो । शेयर संख्यका हिसाबले ओम डेभलपमेन्ट बैंकको सबैभन्दा धेरै ४० हाजार ६२३ कित्ता सेयर कारोबार भएको छ ।

आरम्भ मईक्रोफाइनान्सको सेयर मुल्य सबैभन्दा बढी दश प्रतिशतले बृद्धि भएको छ । हिमालय डिस्टिलरीको ८.३१ प्रतिशत, सिटि एक्स्प्रेस फाइनास, पोखरा फाइनान्स, गेर्खा फाईनान्स र तिनाउ डेभलपमेण्ट बैंकको ५ प्रतिशत भन्दा बढीले सेयर मूल्यमा सुधार आएको छ ।

मल्टिप्रपोज फाईनान्सको सबैभन्दा धेरै सेयर मूल्य ५.३६ प्रतिशतले ओरालो लागेको छ । बरुण हाइड्रो पावर र यूनिलिभरको २ प्रतिशले सेयर मूल्यमा ह्रास आएको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।