सूर्या लाइफको लिलामी सेयरमा कति कायम भयो कटअफ ?

Aug 14, 2018 Merolagani

सूर्या लाइफ इन्स्योरेन्स कम्पनी (SLICL) ले लिलाममा ल्याएको ७४ हजार ३८४ कित्ता सेयरको बोलपत्र खुला गरिएको छ । प्रारम्भिक तथ्याङ्क अनुसार इन्स्योरेन्सको साधारण सेयरको कटअफ ५१६ रुपैयाँ ५० पैसा र संस्थापक सेयरको कटअफ २७५ रुपैयाँ कायम भएको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले जनाएको छ ।

इन्स्योरेन्स कम्पनीको साधारण सेयरका लागि १ हजार १५ जनाले आवेदन गरेकोमा १०७ जनाले सेयर प्राप्त गरेका छन् ।

दाेस्राे बजारमा प्रतिकित्ता ५३५ रूपैयाँमा काराेबार भैरहेकाे इन्स्योरेन्सकाे साधारण सेयरका लागि न्यूनतम एक सय रूपैयाँदेखि अधिकतम ६०० रूपैयाँसम्म मूल्य कबुलेर बाेलपत्र पेश भएकाे थियाे ।

संस्थापक सेयर एउटा अावेदकले सबै उठाएकाे छ । यो प्रारम्भिक तथ्याङ्क भएकाले अन्तिम नतिजा आउँदा केही फरक पर्नसक्ने क्यापिटलकाे भनार्इ छ । 

ठूला आवेदक मध्ये एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्डले ४०१ रुपैयाँ ५० पैसा दरमा २० हजार कित्ता, कुमारी बैंकले ३७० रुपैयाँ दरमा दश हजार कित्ता, विशाल ग्रुपले ५०७ रुपैयाँ दरमा ९ हजार र ५०२ रुपैयाँ दरमा ११ हजार कित्ताको आवेदन गरेको थियाे । प्रुडेन्सियल क्यापिटलले ४९३ रुपैयाँ दरमा एक हजार कित्ताका लागि बोलपत्र पेश गरेपनि सेयर प्राप्त गर्न सकेनन् ।  यस लिलामीमा धेरै कित्ता अावेदन गर्नेले सेयर पाउन सकेनन् भने सर्वसाधारण लगानीकर्ताले अधिकांश सेयर प्राप्त गरे ।

उता संस्थापक सेयरका लागि पाँच वटा आवेदन परेको थियाे । पाँचमध्ये एक आवेदकले लिलामीमा ल्याइएको सबै सेयर २७५ रुपैयाँमा सकारेको छ । श्री गणेश इन्भेष्मेन्टले २७५ रुपैयाँ दरमा सबै ३ हजार २८९ कित्ता सेयर सकारेको हो ।

सूर्या लाइफले साउन १६ गतेदेखि २३ गतेसम्म हकप्रदमा नबिकेको सर्वसाधारण समूहतर्फको ७१ हजार ९५ कित्ता र संस्थापक समूह तर्फको ३ हजार २८९ कित्ता शेयर लिलामीमा ल्याएको थियो ।

संस्थापक तर्फको शेयर खरिदका लागि न्यूनतम एक सय कित्तादेखि अधिकतम सबै कित्ता र र सर्वसाधारणको लागि एक सय कित्तादेखि अधिकतम २० हजार कित्ताको लागि आवेदन दिन सकिने व्यवस्था रहेको थियो ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।