दोस्रो बजारको सूचना प्रवाह प्रणाली सुधार्न नेप्सेलाई धितोपत्र बोर्डले दियो यस्तो निर्देशन

Aug 14, 2018 Merolagani

नेपाल धितोपत्र बोर्डले दोस्रो बजारका सम्बन्धमा विश्वसनीय सूचना प्रवाह गराउन भन्दै नेप्सेलाई परिपत्र जारी गरेको छ । स्टक डेरिभेटिभ मार्केटको विकास गर्ने सम्बन्धमा पनि सम्भाव्यताको पहिचान गर्न बोर्डले नेप्सेलाई निर्देशन दिएको छ ।

दोस्रो बजार कारोवारसम्बन्धी विभिन्न परिसूचकहरुको गणना तथा सार्वजनिकरुपमा प्रकाशन गर्ने प्रकृयालाई थप प्रभावकारी बनाउन यस्तो निर्देशन दिइएको बोर्डको दाबी छ । २०६५ सालभन्दा पहिले नेप्से सूचकांक तथा बजार पूँजीकरण र २०६५ देखि सेन्सेटिभ सूचकांक, सेन्सेटिभ बजार पूँजीकरण, सूचीकृत कम्पनीहरुको समूहगत मूल्य सूचकांकहरु समेत गणना तथा प्रकाशन गरी बजारलाई सुसूचित गराउँदै आएकोमा त्यसलाई थप व्यवस्थित बनाउनु पर्ने बोर्डको भनाई छ ।

नेप्से सूचकांकमा गैरकारोबारीय शेयरको रुपमा रहेका झण्डै ६५ प्रतिशत संस्थापक शेयर र सर्वसाधारणसँग रहने ३५ प्रतिशत कारोबारीय सेयरका आधारमा गणना हुने परिसूचकहरु तथा बजार पूँजीकरणलाई यथावतरुपमा दैनिक प्रकाशन गरी निरन्तरता दिन बोर्डले नेप्सेलाई भनेको छ । यस क्रममा फ्लोट बजार पूँजीकरणलाई महत्वका साथ सम्प्रेषण गर्न भनिएको छ ।

लगानीकर्तालाई धितोपत्रको दोस्रो बजारमा हुने हरेक कारोबार दिनको अन्तिम बिन्दूको मात्रै सूचकांक दिने अहिलेको व्यवस्थामा परिमार्जन गरी नेप्से र फ्लोट सूचकांकको शुरु, उच्चतम, न्यून र औसतको समेत नियमित जानकारी गराउनु पर्ने भएको छ । कारोबार भएका सूचीकृत कम्पनीहरुको शेयर कारोबारको शुरु, उच्चतम, न्युूनतम, अन्तिम र तिनीहरुको औसत समेतको सार्वजनिकरुपमा जानकारी दिने व्यवस्था मिलाउन बोर्डले नेप्सेलाई भनेको छ ।

बोर्डको निर्देशनको पूर्ण पाठ यस्तो छ ।


comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।