टुरिजम डेभलपमेन्ट बैंकलाई गाभेको मेगा बैंक पहिलो पटक अर्बपति क्लबमा

Aug 15, 2018 Merolagani

गत आर्थिक बर्षमा एक अर्ब ४ करोड वितरण योग्य नाफा कमाएर मेगा बैंक (MEGA) पहिलो पटक बिलिनियर क्लवमा प्रवेश गरेको छ । अघिल्लो आर्थिक बर्षको तुलनामा बैंकले ३२ प्रतिशतले नाफा बढाएको छ ।

टुरिजम डेभलपमेन्ट बैंकलाई गाभेपछि बैंकको नाफा अर्ब नाघेको हो । टुरिजमलाई गाभेर दश अर्ब चुक्ता पूँजी पुर्याएको बैंकको जगेडा कोषमा दुई अर्ब ८२ करोड राखेको छ ।

एनएफआरएस वित्तीय विवरण अनुसार यसअवधिमा बैंकले ६२ अर्ब ७६ करोड रुपैयाँ निक्षेप संकलन गरेर ५७ अर्ब ७५ करोड कर्जा प्रवाह गरेको छ ।

बैंकले खराबकर्जा एक प्रतिशत तल झारेको छ । बैंकको प्रतिशेयर आम्दानी १० रुपैयाँ १८ पैसा, मुल्य आम्दानी अनुपात १६.०२ गुणा, प्रतिशेयर नेटवर्थ १२० रुपैयाँ ४८ पैसा छ ।

बैंकको कर्जा निक्षेप अनुपात ७५.९३ प्रतिशत, कोषको लागत ७.७३ प्रतिशत, आधार ब्याजदर ११.३८ प्रतिशत रहेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।