सानिमा बैंकले बनायो एक अर्ब ६९ करोड लाभांश क्षमता

Aug 15, 2018 Merolagani

सानिमा बैंक (SANIMA) ले बुधबार प्रकाशित गरेको गत आर्थिक बर्षको नाफा अनुसार बैंकले एक अर्ब ६९ करोड ३६ लाख रुपैयाँ लाभांश क्षमता बनाएको छ । बैंकको लाभांश क्षमता अघिल्लो बर्षको यसै अवधिको तुलनामा २९.८७ प्रतिशत अर्थात ३८ करोड ९५ लाख रूपैयाँले बढाएकाे हो ।

राष्ट्र बैंकको व्यवस्था अनुसार आर्थिक बर्ष २०७४/७५ मा बैंकले एक अर्ब ८६ करोड ६६ लाख नाफा कमाएकोमा १७ करोड २९ लाख ९६ हजार रेगुलेटरी एड्जस्टमेन्ट पश्चात बैंकले एक अर्ब ६९ करोड ३६ लाख रुपैयाँ लाभांश क्षमता बनाएको हो ।

यो रकम बैंकले केन्द्रिय बैंकले तोकेको प्रावधान अनुसार तोकिएका शिर्षकहरुमा व्यवस्था पश्चात सेयरधनीलाई लाभांश वितरणमा उपयोग गर्न सक्छ ।

नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड (एनएफआरएस) तथा पुरानो दुबै मोडलमा वित्तीय विवरण प्रकाशित गरेको छ । एनएफआरएस अनुसार बैंकको चुक्ता पूँजी आठ अर्ब १२ लाख रुपैयाँ र प्रतिशेयर आम्दानी २१ रुपैयाँ १७ पैसा कायम भएकाे छ । बैंकको जगेडा कोषमा ३ अर्ब २८ करोड ८२ लाख सञ्चित रहेको देखाएको छ । बैंकले अघिल्लाे अावकाे तुलनामा ६६ करोड ८७ लाख रुपैयाँले जगेडा बढाएको हो ।

समीक्षा अवधिमा बैंकले ७९ अर्ब १९ करोड ६३ लाख रुपैयाँ निक्षेप संकलन गरेर ७० अर्ब २ करोड ६३ लाख कर्जा लगानी गरेको छ । बैंकले ८ अर्ब ५ करोड ३३ लाख ब्याज आम्दानी गरेर ५ अर्ब ०९ करोड २४ लाख ब्याज खर्च गरेको छ । जसबाट उसले २ अर्ब ९६ करोड ८ लाख खुद ब्याज आम्दानी गरेको छ ।

बैंकको खराब कर्जा ०.०१ बाट बढेर ०.०३ प्रतिशतमा उक्लेको छ। उसकाे प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ३१ पैसा र मूल्य आम्दानी अनुपात १५.३१ गुणा कायम भएको छ । त्यस्तै बैंकको आधार ब्याजदर १०.६६ प्रतिशत र कोषको लागत ७.४२ प्रतिशतमा बढेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

comments powered by Disqus

२२२ रुपैयाँको लागि बालेन र राजेन्द्र लिङदेनबीच चर्काचर्की, निर्णय फिर्ता नलिए बालेन विरुद्ध अदालत जाने लिङदेनको चेतावनी

Apr 15, 2024 06:13 PM

 भनिन्छ, व्यक्तिगत ‘इगो’ भयो भने मानिस जस्तोसुकै सानो घटनालाई पनि प्रतिष्ठाको विषय बनाउँछ र अर्काे पक्षको विरुद्ध जाइलाग्छ । काठमाडाैं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनबीच शुरु भएको २२२ रुपैँयाको विवादले त्यही कुरालाई पुष्टि गरेको छ ।