कम्पनीले जारी शेयर पुंजीको २५ प्रतिशतका दरले २ करोड ५२ लाख ७५ हजार बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति पश्चात र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।
वोमी माइक्रोफाइनान्सले गत आर्थिक बर्षमा तीन करोड ९५ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
दश करोड दश लाख रुपैयाँ चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सको ६ करोड ५४ लाख रुपैयाँ जगेडा कोषमा सञ्चित छ ।
माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ०८ पैसा रहेको छ । कम्पनीकोे मुल्य आम्दानी अनुपात ३५.४४ गुणा र प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ७६ पैसा रहेको छ ।