१६ अर्ब बीमा शुल्क आर्जन गरेको नेपाल लाइफको खुद आम्दानी कति ?

Aug 15, 2018 Merolagani

नेपाल लाइफ इन्स्योरेन्स(NLIC) ले खुद बीमा शुल्क आर्जन ४ अर्बले बढाएको छ । अघिल्लो आर्थिक बर्षको चौथौं त्रेैमास सम्म १२ अर्ब ५ करोड ५९ लाख खुद बीमा शुल्क आर्जन गरेको कम्पनीले गत आर्थिक वर्षमा १६ अर्ब एक करोड ७३ लाख खुद बीमा शुल्क आर्जन गरेको हो ।

यस अवधिमा नेपाल लाइफले ४७ करोड ९२ लाख रुपैयाँ खुद नाफा गरेको छ । यो बीमांकीय मूल्याकंन अघिको नाफा हो । यो नाफा गत बर्षको भन्दा १५ प्रतिशत बढी हो । अघिल्लो वर्ष लेखापरिक्षण हुनु भन्दा अघिको नाफा ४१ करोड रुपैयाँ थियो ।

यस अवधिमा कम्पनी आम्दानी ३१ करोड रुपैयाँले घटेर ९९ करोड २२ लाख रुपैयाँमा सिमित भएको छ । अघिल्लो आर्थिक वर्षको यस अवधिमा कम्पनीले १ अर्ब ३० करोड ७९ लाख रुपैयाँ आम्दानी गरेको थियो । यस्तै कम्पनीको खर्च भने २१ करोड रुपैयाँले बढेको छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

कम्पनीको जीवनकोष ११ अर्बले बृद्धि गरेर ५० अर्ब ४९ करोड २२ लाख रुपैयाँ पुर्याएको छ । अघिल्लो वर्षको यस अवधिमा ३९ अर्ब ५४ करोड रुपैयाँ रहेको थियो । महाविपत्ति कोषमा ३७ करोड ३३ लाख रुपैयाँ सञ्चित छ । कम्पनीको जगेडा कोष चार अर्ब ३४ करोडबाट तीन अर्ब ४७ करोडमा झरेको छ ।

नेपाल लाइफले अघिल्लो आर्थिक बर्षको चौथौं त्रैमासमा तीन अर्ब ९ करोड ६४ लाख चुक्ता पूँजी कायम गरेकोमा यस बर्षको सोही अवधिसम्म चुक्ता पूँजी चार अर्ब ३९ करोड ६९ लाख पुर्याएको छ ।

हाल कम्पनीको ११ लाख ५२ लाख ८६० वटा बीमालेखहरु जारी गरिएका छन् । १६ अर्ब १७ करोड कुन बीमा शुल्क संकलन गरेको कम्पनीले ३८ हजार ४९९ दाबी संख्याको ६ अर्ब २१ करोड रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । यस्तै एक अर्ब ५५ करोड रुपैयाँको दाबी भुक्तानी हुन बाकिँ रहेको वित्तीय विवरण प्रस्तुत गरेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १०.९० रुपैयाँ, प्रति शेयर नेटवर्थ १८७.०७ रुपैयाँ र मूल्य आम्दानी अनुपात ९६.३३ गुणा रहेको छ ।

comments powered by Disqus

कतारका राजा थानीका ३ श्रीमती र १३ सन्तान,समुन्द्रमा तैरिने महलका मालिककाे कति छ सम्पत्ति ?

Apr 23, 2024 03:24 PM

कतारका राजा (अमिर) शेख तमिम बिन हमाद अल थानी आज नेपाल आउँदै छन् । शेख तमिम इब्न हमाद अल थानी कतारका शासक र धनाढ्य हुन् । यसका साथै उनी अरबका सबैभन्दा धनी व्यक्तिहरू मध्येका एक  हुन्।