लगानीकर्ताले नगद लाभांश नरुचाउँदा वोमीको शेयरमा नकारात्मक सर्किट

Aug 15, 2018 Merolagani

शेयर बजारका लगानीकर्ताले नगद लाभांश नरुचाउँदा वोमी माइक्रोको (WOMI)  शेयर मूल्य दश दश प्रतिशतले घटेपछि नकारात्मक सर्किट लागेको छ । वोमीले बुधबार मात्रै गतबर्षको मुनाफाबाट चुक्ता पूँजीको २५ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको थियो ।

सूचीकृत कम्पनीहरुले बोनसको भन्दा नगद लाभांश वितरणमा जोड दिन थालेपछि नगद लाभांश प्रस्ताव गर्ने कम्पनीको शेयर बिक्रीमा चाप परेको छ । अधिकांस बैंक तथा वित्तीय संस्थाहरुले तोकिएको चुक्ता पूँजी पुर्याईसकेको अवस्थामा बोनस शेयर कम आउने आँकलनले पनि लाभांश घोषणाको सिजनमा समेत बजार बढ्न सकेको छैन । 

अघिल्लो वर्ष २० प्रतिशत बोनस शेयर दिएको वोमीले २५ प्रतिशत नगद लाभांश घोषणा गरेपछि शेयरमूल्यमा दश प्रतिशतको गिरावट आएको हो । कम्पनीको शेयरमूल्य प्रतिकित्ता १२७ रुपैयाँले घटेर ११४३ रुपैयाँमा झरको छ । 

दश करोड दश लाख रुपैयाँ चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सको ६ करोड ५४ लाख रुपैयाँ जगेडा कोषमा सञ्चित छ । माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ३९ रुपैयाँ ०८ पैसा रहेको छ । कम्पनीकोे मुल्य आम्दानी अनुपात ३५.४४ गुणा र प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ७६ पैसा रहेको छ ।

comments powered by Disqus

भोलि सार्वजनिक बिदा, शेयर बजार बन्द हुने

Apr 22, 2024 12:59 PM

सरकारले भोलि सार्वजनिक बिदा दिने निर्णय गरेकाे छ । कतारका राजा शेख तमिम बिन हमाद अल थानी मंगलबार अथवा भाेलि नै नेपाल आउने भएकाले सरकारले विदा दिन लागेकाे हाे ।